बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य, दुई विधेयक प्रमाणीकरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७९, बिहिबार

पोखरा / गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार राती १२ बजेबाट लागू हुनेगरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन् ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रमा फेरिएको राजनीतिक समीकरणसंगै गण्डकी प्रदेश सरकारसमेत ढल्ने निश्चितजस्तै भइरहेको बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको हो ।

बुधबार प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख गुरुङले सम्बोधन गरेपछि सभामुख कृष्ण धितालले अनिश्चितकालसम्मका लागि संसद बैठक स्थगित गरेका थिए ।

यसैविच, प्रदेश प्रमुख गुरुङले दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

गण्डकी प्रदेशसभाबाट पास भएर आएका गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख गुरुङले प्रमाणीकरण गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->