शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मुख्यमन्त्री अधिकारीद्धारा फागु पूर्णिमा र तोरन्लको शुभकामना

मुख्यमन्त्री अधिकारीद्धारा फागु पूर्णिमा र तोरन्लको शुभकामना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७९, सोमबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रंगहरुको पर्व फागु पूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिदैं यी पर्वहरुले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ,‘यस वर्षकोे फागु पुर्णिमा (होली पर्व) तथा तोरन्ल पर्वले नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता,सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

शुभकामना सन्देशमा उनले नेपालमा बसोबास गर्ने विभिन्न जात–जातिका आ–आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->