सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल ५२ रनले विजयी

नेपाल ५२ रनले विजयी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०७९, बिहिबार

पोखरा /नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । जितसंगै नेपाल सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए ।
पपुवा न्युगिनीले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए । सेसे बाउ ३ रनमा क्याच आउट भए । चाल्र्स अमिनी १४ रनमा आउट भए । उनले ४३ बलमा १ चौका प्रहार गरे । हिरि हिरि ८ रनमा बोल्ड आउट भए । चाद सोफर शुन्यमै पेभिलियन फर्किए ।

कप्तान असद भालालाई ४२ रनमा क्याच आउट भए । उनले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे । राइली हेकुरे २० रनमा स्टम्पिङ आउट भए । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै ओडिआई सिरिजमा हालसम्मकै सर्वाधिक २ सय ९७ रनको योगफल बनाउ सफल रह्यो । नेपालको यसअघि सर्वाधिक रन भनेको २ सय ८७ हो । जुन नामिविया विरुद्ध दुई हप्ताअघि मात्रै बनाएको थियो । ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका २ छक्का सहित १ सय १० रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ५६ बलमा ६ चौका सहित ४५ रन बनाए ।

भिम सार्कीले ३८ बलमा ४ चौका सहित ४४ रन बनाए । उनी अर्ध शतक बनाउनका लागि छक्का हान्ने धुनमा प्रहार गरेको ठूलो सटमा क्याच आउट हुन पुगे । कुशल मल्ल २ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । १४ बलमा १ चौका प्रहार गरे । कप्तान रोहित पौडेल ३० रनमा आउट भए । उनले ३९ बलमा २ चौका र १ छक्का प्रहार गरे । दिपेन्द्रसिंह ऐरी ७ रनमा रनआउट भए । उनले ३ बलमा १ चौका प्रहार गरे ।

करण केसी ८ बलमा आउट भए । उनले ६ बलमा १ छक्का प्रहार गरे । सन्दिप लामिछाने ७ रनमा आउट भए । उनले ३ बलमा १ छक्का प्रहार गरे । सोमपाल कामीले ४ रन जोडे । पपुवा न्युगिनीका लागि सेमो काम्याले ९.१ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । रिल्य हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । एली नाओले एक विकेट लिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->