स्याङ्जा / नेपाल पत्रकार महासंघ स्याङजाको वेवसाइट निर्माण भएको छ । महासंघ गण्डकीले वेवसाइट तयार गरी जिल्ला शाखा स्याङ्जालाई हस्तान्तरण गरेको हो ।
कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उपक्रममा महासंघले वेवसाइट हस्तान्तरण गरिएको हो । महासंघ गण्डकी प्रदेशको सूचना तथा प्रविधि उपसमितिले ११ वटै जिल्लामा वेवसाइटको निर्माण गर्ने योजना अनुसार यो उपाध्यक्ष दीपक भट्टराईले बताए । वेवसाइडको कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले स्विच अन गरेर सुरु गरेका थिए । । सुचना र अहलिको आवश्यकता रहेको बताउदै थापाले पत्रकार समाजको गहना भएको जिकिर गर्नुभयो ।
आफ्नो गाउँपालिले खोपानी, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा फड्को मारे पनि प्रचारमा पछाडी रहेकाले महासंघसँग सहकार्य गर्न तयार रहेको बताए । गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पालिकामा सबै काम विवादरहित ढंगले हुनेगरेको जिकिर गरिन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाको पर्यटकीय र पूर्वाधार विकासका विषयमा प्रस्तुतीकरण दिए ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, महासचिब गोविन्द सुबेदी, पत्रकार महासंघ स्याङ्जाका कार्यवाहक अध्यक्ष राधाकृष्ण डुम्रेलगायतले मन्तब्य राखेका थिए । प्रदेशले निर्माण गरेर हस्तान्तरण गरेको वेवसाइडमा महासंघको सदस्यता, जिवनी, विज्ञप्ति लगायतका सबै विवरण राख्न मिल्ने गरी बनाएको सूचना तथा प्रविधि उपसमितिका संयोजक सुनिल पाण्डेले बताए ।





