सोमबार, असोज १९ २०८३

सोमबार, असोज १९ २०८३
  • १९ असोज २०८३ , सोमबार
  • October 5 2026

सातादिनपछि किन बन्द भयो खनियाघाट झोलुंगेपुल ?

सातादिनपछि किन बन्द भयो खनियाघाट झोलुंगेपुल ?

मालढुंगा पुल अबरुद्द भएपछि खनियाघाटमा पछिल्लो समय भीड लाग्न थालेको छ । काठमाण्डौ, पोखरा, चितवन लगायतमा चल्ने सवारी साधनहरु यहाँबाट छुट्न थालेका छन् ।


  • ढाेरपाटन संवाददाता
  • असोज १९ २०८३, सोमबार
खनियाघाटको झोलुंगेपुल र यात्रुहरुको लस्कर । तस्वीरः ढोरपाटन

बागलुङ / असोज ८ गतेदेखि ११ गते सम्मको अबिरल बर्षातपछि आएको कालीगण्डकी बाढीले मालढुंगा पुलमा क्षति पुग्यो । बागलुङ नगरपालिका वडा नंं ४ को ढोडेनी देखि पर्वतको जलजला ८ जोड्ने पुल बगायो । दुइ जिल्ला जोड्नकालागि बानपा १ को निरयदेखि पर्वतको खनियाघाट जोड्ने एउटा झोलुंगे पल बैकल्पिक बन्यो ।

सातादेखि यो पुलमा दैनिक सयौं मोटरसाइकल चलन थालेपछि खनियाघाटमा निकै चहलपहल देखियो । पैदलयात्रीको भीड त हुनेनै भयो । मोटरसाइकलको भीडका कारण तीन दिनदेखि दुवै तर्फ ट्राफिक प्रहरी गएर भीड नियन्त्रण र एकतर्फी यातायात संचालन गर्दै आएको थियो । अत्याधिक सवारी साधन गुड्न थालेकोले पुल हाल्लिने, पैदलयात्रीलाई समस्या पर्ने र चिप्लो समेत बन्न थालेपछि स्थानीयको आग्रहमा बागलुङ र पर्वतका प्रशासनले पुलमा सवारी साधन चल्न रोक लगाएका छन् ।

मालढुंगा पुल तत्काल संचालन गर्ने सम्बन्धी यकिन नभएपछि लामो समय सम्म सहज यात्राकालागि सवारी साधन चल्न रोक लगाउनु परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । यो पुलमा दैनिक सयौं सवारी चल्न थालेपछि पुल हल्लिएर वरपरका पिलरमा असर पर्न लागेको थियो । कार्यालय समयमा त बिद्यार्थी र कर्मचारी समेत हिड्न नमिल्ने गरी मोटरसाइकल गुड्ने गरेका थिए ।

बाढीले मालढुंगा पुल अबरुद्द भएपछि खनियाघाटमा पछिल्लो समय भीड लाग्न थालेको छ । काठमाण्डौ, पोखरा, चितवन लगायतका स्थानमा चल्ने सवारीसाधनहरु यहाँबाट छुट्न थालेका छन् । बागलुङ कुश्मा चल्ने लोकल बस पनि यहाँ सम्म आउने गरेपछि दैनिक आउजाउ गर्ने मानिस पनि खनियाघाटबाटै जाने गरेका छन् ।

खनियाघाटको झोलुंगेपुलमा यात्रुहरुको भीड । तस्वीरः ढोरपाटन

खनियाघाट धेरै बर्ष अघि पनि यस्तै भीड लाग्ने स्थान रहेकोमा मालढुंगाको पुलमा सवारी चल्न थालेपछि हटेको स्थानीय दुर्गाबहादुर आचार्यले बताए । खनियाघाट तर्फ खेतीपाती भएका बागलुङबासी धेरै छन् । उनीहरु नियमित आउजाउ समेत यहाँबाट गर्छन् । लामो दुरीको यात्रा गर्नेहरुले सामाग्री समेत यो पुलबाटै ढुवानी हुने गरेको छ । दिनभरी जसो बोरामा ओसार्ने सामानले पुल खाली हुँदैन ।

त्यसो त गणेशघुम्तीदेखि निरय जाने सडक पनि पहिरोले भत्केको थियो । बागलुङ नगरपालिकाले तत्काल पहिरो पन्छाएर सवारी चल्ने बनाएपछि निरयघाटमा आवस्यक सामान ढुवानीमा सहज भएको छ । कुश्मा बागलुङ चल्ने लोकल बसले पनि निरयघाट सम्म यात्री ओसार्न थालेका छन् । ती यात्रीलाई खनियाघाट बाट नियमित बसबाटै यात्री कुश्मा लैजान लागिएको छ ।

साझा बसले पनि आइतवारदेखि सेवा संचालनमा ल्याएको छ । मालढुंगामा राखेर यात्री चढाउने बेलामा मात्र खनियाघाट आइ बस संचालन गरेको हो । लामो समयदेखि कृष्णभीरको पहिरोले सडक संचालन हुन नसकेपछि काठमाण्डौ जाने बस संचालनमा थिएनन् । उक्त सडक संचालनमा आएपछि भने धौलागिरि गण्डकी यातायात सहित अन्य समितिका गाडि पनि चल्न थालेका छन् ।

ख्नियाघाटबाट यात्री ओसार्ने काममा इभीले बढी काम पाएका छन् । चारपाँच जना यात्री पाएपनि सहजै जान सक्ने भएकोले इभीले पोखरा, चितवन र कुश्माकालागि पनि यात्री ओसारेका छन् । पुलमा बाटो छेकेपछि नियमित आउने कर्मचारी र बिद्यार्थीलाई भने समस्या भएको छ ।

‘नियमित कार्यालय आउनुपर्ने छ,तर मोटरसाइकल पारी नै राख्नु परेपछि वारी आएर अटोमा १ सय भाडा तिरियो’ कानूनी सहायता समितिका अधिकृत हरिनारायण रेग्मीले भने, ‘सबैकोलागि बन्द गरिएकोले हामीले पनि जवरजस्ती गर्ने कुरा भएन ।’ यहाँ दैनिक २ जना ट्राफिक खटाइएको छ भने सुरक्षाकालागि प्रहरी समेत परिचालित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->