सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

युएईमाथि नेपालको १७७ रनको कीर्तिमानी जित

युएईमाथि नेपालको १७७ रनको कीर्तिमानी जित


  • ढोरपाटन संवाददात
  • फाल्गुन २८ २०७९, आइतबार

पोखरा/ नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि कीर्तिमानी जित हासिल गरेको छ ।

त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा युएईलाई १ सय ७७ रनले हराउँदै कीर्तिमानी जित हासिल गरेको हो ।

जितसंगै नेपालले ओडिआई मान्यता पक्का गरेको छ । जितका लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो ।

युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित २९ रन बनाए । यो युएईको ओडिआई इतिहासको सवैभन्दा कम योगफल हो ।

नेपालको ओडिआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक रनको जित २०२१ मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा १ सय ५१ रन थियो ।

ओपनर वृत्य अरविन्द शुन्यमै बोल्ड हुँदै पेभेलिएन फर्किए । आसिफ खान ६ रनमा आउट भए । उनले १२ बलमा एक चौका प्रहार गरे ।

आर्यन लाक्रा शुन्यमै पेभिलियन फर्किए । कप्तान मुहम्मद वासिम १ रनमा आउट भए । रोहन मुस्ताफा ६ रनमा एल्बीडब्लु आउट भए ।

उनले २९ बलमा १ चौका प्रहार गरे । आस्वनाथ भाल्थापा १४ रनमा आउट भए उनले २२ बलमा १ चौका प्रहार गरे ।

जवार फरिद २ रनमा आउट भए । जुनिया सिद्धिक्यु एक रनमै एल्बीडब्लु आउट भए । जाहोर खान शुन्यमै पेभिलियन फर्किए ।

नेपालका लागि ललित राजवंशीले सर्वाधि ५ विकेट लिए । उनले ७.५ ओभरमा २ मेडन सहित मात्र २० रन खर्चिए । सन्दिप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।

पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि ब्याटिङमा निकै दबाबमा पर्यो । आसिफ शेखलाई शून्यमा बोल्ड आउट भए । ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । कुशल मल्ल ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे ।

एक समय २२–३ को अवस्थामा पुगेको नेपाललाई भीम सार्की र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरे । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए । गुलशन झा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १९ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

युएईका आयन खानले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । जवार फरिदले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । जहुर खानले ८.२ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->