सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बलिङमा चम्कदाँ नेपाल ९ विकेटले विजयी

बलिङमा चम्कदाँ नेपाल ९ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७९, सोमबार

पोखरा / नेपालका बलर चम्कदा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएजी) लाई ९ विकेटले हराएको छ ।

नेपालका बलर चम्कँदा पिएनजीका ब्याटर चल्न सकेनन् । पपुवा न्युगिनी ३२ ओभमा ९५ रन बनाउँदै अलआउट हुन पुग्यो ।

यो संगै नेपालका स्पिनर सन्दिप लामिछान दुर्लभ र्कीतिमानी बनाउन अब २ विकेटले पछि रहेका छन् । लामिछानेले पाँच विकेट लिएसँगै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान नजिक पुगेका हुन् ।

सन्दिपले ओडिआईमा सर्वाधिक छिटो १ सयौं विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउने संघारमा देखिएका छन् ।

सन्दिपले ४० ओडिआई खेलमा ९८ विकेट लिएका छन् । सन्दिपलाई एक सय विकेट पूरा गर्न अव दुई विकेटको खाँचो छ ।

ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीका ओपनर किप्लिन डोरिगा २ रनमै आउट भए । दोस्रो ओपनर हिरी हिरी २२ बलमा २ चौका प्रहार गर्दै १४ रनमा क्याच आउट भए ।

सेसे वाउ २८ बलमा ३ चौका प्रहार गर्दै १८ रनमा बोल्ड आउट भए । कप्तान अस्साद भाला ३१ बलमा २ चौका प्रहार गर्दै २० रनमा क्याच आउट भए ।

चार्लिस अमिनप् २८ बलमा १ चौका पैहार गर्दै १६ रनमा समेटिए । रिले हेकुरे ४ रनमा आउन भए नोर्मान भान्वा शुन्यमै आउट भउ ।

हिला भारे ९ बलमा १ चौका पैहार गर्दै ७ रनमा समेटिए । काब्वा मोरिए १ रनमा आउट भए । सेमो कामेए शुन्यमा आउट भए ।

नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा १ मेडन सहित २५ रन खर्चेर ५ विकेट लिए । उनले प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै ललित राजवंशीले ७ ओभरमा १ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिए ।  सोमपाल कामीले ५ ओभरमा २ मेडन सहित २२ रन खर्चेर १ विकेट लिए ।

९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेट गुमाउँदै एक सय रन बनाई लक्ष्य भेटायो ।

ओपनर आसिफ सेश ५३ रनमा अविजित रहे । २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । कुशल भुर्तेलले ३३ रन जोडे ।

उनले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कुशल मल्ल १२ रनमा अविजित रहे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । चाद सोपेरले २.४ ओभरमा ३० रन खर्चेर एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->