शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने  

गल्याङमा आलु तथा कृषि प्रदर्शनी हुने  


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७९, मंगलबार

स्याङ्जा/ यहाँको गल्याङमा आगामी चैत्र ३ र ४ गते प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ हुने हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्श प्रदर्शनीको आयोजक हो ।

गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठका अनुसार गल्याङले मात्र गण्डकी प्रदेशमा उत्पादन हुने आलुको बीउको हिस्सा ओगट्छ । कृषकहरुलाई प्रोत्साहन गर्नु प्रदर्शनीको उदेश्य हो ।

प्रदर्शनीमा गल्याङमा नै उत्पादन गरिएको आलु, ताजा तरकारी, तरकारीको बीउ, बेर्ना, धान, गहुँ, मकैको बीउ एवम् अदुवासमेत समावेश गरिएको संयोजक तथा गल्याङ चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष रुमलाल कँडेलले जानकारी दिए । प्रदर्शनीमा कृषिसँग सम्बन्धित २० मुख्य स्टल तथा आवश्यकताको आधारमा थप स्टलहरु निर्माण गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । प्रदर्शनीमा १० लाखको व्यापारिक कारोबार,  ८० हजार बचत र १० हजारभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->