आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पौडेललाई बधाई दिँदै राष्ट्रपति सीले भने, ‘बेल्ट एन्ड रोड परियोजना अघि बढ्ने विश्वास छ’

पौडेललाई बधाई दिँदै राष्ट्रपति सीले भने, ‘बेल्ट एन्ड रोड परियोजना अघि बढ्ने विश्वास छ’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७९, मंगलबार

काठमाडौं / चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राष्ट्रपति सीले पौडेललाई मंगलबार बधाई सन्देश पठाएको जनाएको छ।

राष्ट्रपति सीले आफ्नो सन्देशमा चीन र नेपाल पहाड र नदीले जोडिएका दुई छिमेकी मित्र भएको उल्लेख गरेका छन्। ‘चीन र नेपाल पहाड र नदीबाट जोडिएका दुई छिमेकी मित्र हुन्’, उनले बधाई सन्देशमा भनेका छन्, ‘सन् १९५५ मा कूटनीतिक सम्बन्धपछि ठूला र साना देशबीच शान्तिपूर्ण सह-अस्तित्व, मित्रता र आपसी सहायताको एक राम्रो उदाहरण स्थापित गरेका छौँ। स्वस्थ सम्बन्ध र स्थिर विकास बनाइरहेका छौँ।’

चिनियाँ राष्ट्रपतिले नेपालसँगको सम्बन्धलाई आफूले सधैँ प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।

‘हामीले चीन-नेपाल सम्बन्धलाई अझै विकसित बनाउँदै लैजान महत्व दिएका छौँ’, सीले भनेका छन्, ‘दुई देशबीचको परम्परागत मित्रता अघि बढाउन, आपसी राजनीतिक विश्वास मजबुत गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहयोग अघि बढाउन पौडेलसँग मिलेर काम गर्न तयार छौँ।’

राष्ट्रपति सीले सांस्कृतिसँगै जनस्तरको सम्बन्ध आदान-प्रदानलाई पनि प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। उनले पौडेलको पालामा विकास र समृद्धि लागि दीर्घकालीन मित्रको विशेषतासहितको सहयोगको रणनीतिक साझेदारीलई लगातार बढावा दिने विश्वास पनि लिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->