सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आसिफ खान चम्कदाँ नेपाललाई युएईले दियो विशाल लक्ष्य

आसिफ खान चम्कदाँ नेपाललाई युएईले दियो विशाल लक्ष्य


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७९, बिहिबार

पोखरा /आइसिसि विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपाललाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको युइईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रनको विशाल योगफल बनाउन सफल रह्यो ।

युएईको जितमा असिफ खानले १ सय १ रनको शतकिय योगदान दिदैँ अविजित रहे । उनले ४२ बलमा ४ चौका ११ छक्का प्रहार गरे । उनले सबैभन्दा छिटो शतक बनाउने खोलाडीमा नाम समेत लेखाउन सफल भए ।

कप्तान तथा ओपनर मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्का सहित ६३ रन बनाए । आर्यन लाक्रा ६ रनमा आउट भए । उनले ६ बलमा १ चौका प्रहार गरे ।

भिर्तिया अर्विन्द १३८ बलमा ८ चौका २ छक्का सहित ९४ रनको योगदान दिए । चुनदाङपोयल रिजवान ७ रनमा रनआउट भए । आयान अफजल खान ३ रनमा आउट भए । रोहन मुस्तफा ३२ रनमा ३ चौका प्रहार गर्दै २० रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८ ओभरमा २ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए ललित राजवंशी, सन्दिप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->