बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

एमाले निकट किसान महासंघको राष्ट्रिय सम्मेलन चैत २९ देखि झापामा हुने

एमाले निकट किसान महासंघको राष्ट्रिय सम्मेलन चैत २९ देखि झापामा हुने


  • खगेन्द्र पराजुली
  • चैत्र ७ २०७९, मंगलबार

नवलपुर/ नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय सम्मेलन झापाको दमकमा हुने भएको छ । चैत्र २९ देखी वैशाख १ गतेसम्म सम्मेलन हुने महासंघका अध्यक्ष प्रेम दंगाल‌ले बताए । नवलपुरमा बसेको महासंघको चौथो पूर्ण बैठकले मिति र स्थान तय गरेको पत्रकार सम्मेलन मार्फत जनाईएको हो ।

राजनैतिक वैचारिक जागरणसँगै किसानका मुद्धामा महासंघले विगतदेखी भूमिका निर्वाह गर्दै आइरहेको जिकिर गरेका अध्यक्ष दंगालले सम्मेलनको एक दिन अघि दक्षिण एसियाली किसान सम्मेलन पनि गर्ने निर्णय भएको बताए। यसले दक्षिण एसियामै किसानका समस्या, चुनौती, सम्भावना र अवसरका साथै अनुभव आदान( प्रदान हुने र आत्मनिर्भर कृषि ब्यवसायिकीकरणका अवधारणा बनाउन सम्मेलनलाई सेतुको रुपमा लिएको बताए ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा ५० हजार कृषक उतार्ने दंगालले बताए ।

यसैवीच सरकारले गरेको रासायनिक मलको चर्को मुल्यवृद्धि र सरकारले मलमा दिदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिएको सन्दर्भमा पछिल्लो फिर्ताको निर्णयलाई स्वागत गरेको छ। यद्यपि, महासंघले सृजना गरेको दवावका कारण सरकार आफ्नो निर्णयवाट पछाडी सर्नुपरेको अध्यक्ष दंगालको दावी थियो ।

पत्रकार सम्मेलन मार्फत अध्यक्ष दंगालले किसान र कृषि क्षेत्रको उत्थानका निम्ति स्वदेशमै रासायनिक मलको कारखाना स्थापना र जैविक मलखादप्रतिको आकर्षण वढाउने खालका योजना सरकारले अविलम्ब अगाडी चढाउनुपर्ने माग रहेको सुनाए ।

नवलपुरको देवचुली- १७ रजहरस्थित पिप्रहर सामुदायिक होमस्टेमा सोमवार सचिवालय बैठक सम्पन्न भएको हो भने मंगलवार दलदलेस्थित सहारा पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सकिएपछि जिल्लास्तरीय अगुवा कृषक कार्यता लक्षित प्रशिक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->