बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी सरकार ढल्दै, माओवादीले आज समर्थन फिर्ता लिने

गण्डकी सरकार ढल्दै, माओवादीले आज समर्थन फिर्ता लिने


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७९, शुक्रबार

पाेखरा/ माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एमाले नेता खगराज अधिकारी सरकारलाई दिएको समर्थन फिर्ता लिन र नयाँ सरकार गठन प्रक्रिया थाल्न निर्देशन दिएसँगै माओवादी संसदीय दल सरकार छाड्न तयार भएको हो ।

सरकार छाड्ने तयारीसहित माओवदी संसदीय दलका नेता तथा भौतिक योजनामन्त्री हरिबहादुर चुमानले शुक्रबारको लागि संसदीय दललको बैठक बोलाएका छन् ।
चुमानले भने,’अध्यक्षले सरकारबाट बाहिरिन निर्देशन दिनुभयो,अब बस्ने कुरा भएन,भोलिको बैठकले निर्णय गर्छ ।’

कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नयाँ सरकार गठनको तारतम्य मिलाउन काठमाडौमै छन । उनले राष्ट्रपति र उपराष्ट्रपति चुनावलगत्तै गण्डकीको एमाले-माओवादी गठबन्धन तोडाउन शीर्ष नेतृत्व गुहारेका थिए ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार गोर्खामा बाटो उद्घाटन गर्दै प्रदेश सरकार फेरबदल हुने र गठबन्धनबीच आलोपालो हुने बताएका थिए । यसले पाण्डेलाई उत्साहित बनायो ।
लगत्तै चुमानले नयाँ सरकारमा आफैं सुरुमा मुख्यमन्त्री हुने चाहना सार्वजनिक पनि गरे ।

तर ८ सांसद रहेको माओवादीलाई २७ सांसद रहेको नेपाली कांग्रेस मुख्यमन्त्री दिन तयार थिएन । अझ,कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पान्डेलाई प्रचण्ड स्वयंले चुनावताका भावी मुख्यमन्त्री घोषणा गरेका थिए ।

माओवादीका मन्त्रीको राजिनामा र समर्थन फिर्तासँगै गण्डकीमा खगराज नेतृत्व सरकार फेरिने छ ।खगराज एमालेका २२,माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्री बनेका थिए । चुनाव जित्दा स्वतन्त्र तर पछि एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेले सुरुमा समर्थन दिएपनि विश्वासको मत भने दिएका थिएनन् ।अहिले गण्डकीमा माओवादीका चुमान र रेशम जुग्जाली,एमालेका ४ र राप्रपाका १ गरि ७ मन्त्री छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->