पोखरा / नेकपा माओवादीले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
गण्डकी सरकारमा माओवादीको तर्फबाट मन्त्री बनेका हरिवहादुर चुमान र रेशम बहादुर जुग्जालीले मुख्यमन्त्री अधिकारीलाई आफ्नो राजिनामा वुझाएसंगै उनीहरुले संसद सचिवालय पुगेर समर्थन फिर्ता लिएका हुन ।
प्रदेश सभा सचिवालयका प्रबक्ता प्रेम सुवेदीले माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
माओवदीले समर्थन फिर्ता लिएसंगै एमालेका मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।





