शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लायन्सको एक्सरे साढे दुईबर्षदेखि प्रयोगविहिन

लायन्सको एक्सरे साढे दुईबर्षदेखि प्रयोगविहिन


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७९, बुधबार

बेनी /नेपालीमा एउटा उखान छ–‘माल पाएर चाल नपाएपछि के गर्नु ।’ म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाईलायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे प्रयोगविहिन भएको छ ।

गएको माघ १ गते हालका लायन्स क्लवका गर्भरन चन्द्रकुमार केसी सहित लायन्सका लिडरको उपस्थितीमा हस्तान्तरण गरिएको एक्सरे मेसिन थ्री फेज लाइन र स्पेपलाइजर ५० केभीएजडान नहु्दाँ साढे दुईमहिनादेखि प्रयोगविहिन अवस्थामा रहेको छ ।

पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट सेवा लिने केन्द्रमा एक्सरे मसिनको प्रयोग नहुदाँ सेवाग्राहीलाई सास्ती भएको छ ।दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अति आवश्यक एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको लायन्स क्लव अफ दरबाङका अध्यक्ष थमन गौतमले बताए । ‘एक्सरे मेसिन प्रयोग नहुदाँ समस्या भएको छ,‘विद्युत आपुर्ती गरी सञ्चालनको पहल भइरहेको छ’अध्यक्ष गौतमले भने । उनका अनुसार स्पेपलाइजर ५० केभीएको गाउँपालिकाको खरिद गर्ने सम्झौता रहेको छ । एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधर समेत केन्द्रमा कार्यरत छन् ।

एक्सरे मेसिन प्रयोगमा नआउँदा सर्वसाधारण सदरमुकाम बेनी आउनुपर्ने बाध्यता रहेको छ । एक्सरे मेसिनका बारेमा जानकारी लिन सम्पर्क गर्दा केन्द्रका डा. विजय शर्माले फोन उठाएनन् । लायन्स क्लवले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोकाको उपस्थितीमा हस्तान्तरण गरेको मध्ये एक्सरे मेसिन अझै सञ्चालनमा नआएको जानकारी पाएपछि तत्काल सञ्चालनको वातावरण बनाउन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->