शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कालिका कप भलिबल: उपाधिका लागि पुलिस र गलकोट घुम्टे भीड्ने

कालिका कप भलिबल: उपाधिका लागि पुलिस र गलकोट घुम्टे भीड्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७९, बिहिबार

बागलुङ/ बागलुङमा जारी चैत्राष्टमी मेला तथा कालीका कप खुला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लब फाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा पुलिसले हिलसाइट निर्माण सेवा सेतो र गलकोटले हिलसाइटकै निलो समूहलाई पराजित गरेर फाइनल यात्रा गरेको हो ।

बिहिबारको पहिलो सेमीफाइनल खेलमा पुलिसले ३/१ सेटमा जित हात पारेको हो । त्यस्तै, दोश्रो खेलमा गलकोट घुम्टे क्लबले हिलसाइट निलोलाई पनि ३÷१ कै सेटमा पराजित गरेको थियो ।

चैतेदशै मेलाको अबसरमा आयोजित खुला भलिबलमा १४ टिमले भाग लिएका थिए । खेलमा पहिलो हुनेले ३ लाख नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो हुनेले १ लाख ५० हजार, तृतिय हुनेले ७० हजार र सान्त्वना हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->