पोखरा/ पोखरामा सम्पन्न ट्राइयाथोलन एसियन कपमा लक्जम्बर र स्लोभाकियाले स्वर्ण पदक हासिल गरेको छ ।
पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिला तर्फ स्लेभाकियाकी मार्गरेटले स्वर्ण जितेकी हुन् । पुरुष तर्फ प्रतिस्पर्धामा लक्जम्बरका बब हलरले निर्धारित दुरी ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । उनले पौडी ९ मिनेट ६ सेकेन्ड, साइक्लिङ २८ मिनेट १६ सेकेन्ड र दौड १७ मिनेट १३ सेकेन्डमा पुरा गरेका थिए ।
उज्वेकिस्तानका एलेक्सन्द्र क्रुसोभ २ सेकेन्डले पछि पर्दै रजत पदकमा चित्त बुझाउन बाध्य भए । उनले निर्धारित दुरी ५५ मिनेट ५७ सेकेन्डमा पुरा गरे । पौडी ८ मिनेट ५८ सेकेन्ड , साइक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १२ सेकेन्डमा पूरा गरे ।
लक्जम्बरका स्टेफन जाचाउसले ६५ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे । उनले पौडी ९ मिनेट ३ सेकेन्ड, साक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १८ सेकेन्डमा पुरा गरे ।
साउथ एसिया कप च्याम्पियनसिप इलाइट पुरुष तर्फ भारतका आदर्श मुरारिधर नाइर सिनिमोलले स्वर्ण हासिल गरे । निर्धारित दुरी १ घण्टा ४ मिनेट १६ सेकेन्डमा पुरा गरे । उनले पौडी ११ मिनेट १ सेकेन्ड, साइक्लिङ ३२ मिनेट ५८ सेकेन्ड र दौड १८ मिनेट ४८ सेकेन्डमा पुरा गरे ।
भारतकै विश्वनाथ यादवले १ घण्टा ६ मिनेट २५ सेकेन्डमा दुरी पुरा गर्दै रजत हासिल गरे । पौडी ११ मिनेट २३ सेकेन्ड, साइक्लिङ ३३ मिनेट २३ सेकेन्ड र दौड २० मिनेट २ सेकेन्डमा पुरा गरे । नेपालका वसन्त थारुले १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे ।
उनले पौडी १३ मिनेट १८ सेकेन्ड, साइक्लिङ ३१ मिनेट ४८ सेकेन्ड र दौड १९ मिनेट ५५ सेकेन्डमा पुरा गरे । राष्ट्रिय च्याम्पियनसिप तर्फ वसन्त थारुले स्वर्ण हासिल गरे ।
दिपेश चौधरीले रजत तथा मौलिक महर्जनले कास्य पदक हासिल गरे । साउथ एसिया जुनियर इलाइट पुरुष तर्फ भारतको वर्चस्व रह्यो । भारतका खुन्द्राकापाम नाङ्बा प्रथम, पार्थ मिरागे दोस्रो र श्रीदत्त सुधिर तेस्रो भए ।
महिला एसिया इलाइट तर्फ स्लोभाकियाकी मार्गरेटले निर्धारित दुरी १ घण्टा ४ मिनेट ५१ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हासिल गरिन् । उनले पौडी १० मिनेट ३५ सेकेन्ड, साइक्लिङ ३२ मिनेट ५९ सेकेन्ड र दौड १९ मिनेट ३० सेकेन्डमा पुरा गरिन् ।
त्यसैगरी जापानकी मिनोरी केनोले १ घण्टा ५ मिनेट १८ सेकेन्डमा पूरा गर्दै रजत हासिल गरिन् । उनले पौडी ९ मिनेट ५२ सेकेन्ड, साइक्लिङ ३३ मिनेट ३ सेकेन्ड र दौड २० मिनेट ४८ सेकेन्डमा पुरा गरिन् ।
जापनकै चिसतो नाकाजिमाले १ घण्टा ५ मिनेट ३० सेकेन्डमा पूरा गर्दै कास्य हासिल गरिन् । उनले पौडी १० मिनेट २६ सेकेन्ड, साइक्लिङ ३३ मिनेट ७ सेकेन्ड र दौड २० मिनेट २३ सेकेन्डमा पुरा गरिन् । साउथ एसिया इलाइट महिला तर्फ भारतकी प्रज्ञा मोहनले १ घण्टा १२ मिनेटमा दुृरी पुरा गर्दै स्वर्ण हासिल गरिन् । उनले पौडि ११ मिनेट ४९ सेकेन्ड, साइक्लिङ ३६ मिनेट ४८ सेकेन्ड र दौड २१ मिनेट ३१ सेकेन्डमा पुरा गरिन् ।
भारतकै मान्सी मोहितले १ घण्टा १३ मिनेट ४७ सेकेन्डपूरा गरि रजत पदक हासिल गरिन् । उनले पौडी ११ मिनेट ४९ सेकेन्ड, साइक्लिङ ३७ मिनेट २ सेकेन्ड र दौड २३ मिनेट ५ सेकेन्डमा पुरा गरिन् ।
नेपालकी श्रेबी महर्जनले १ घण्टा १८ मिनेटमा पूरा गर्दै कास्य हासिल गरिन् । उनले पौडी १२ मिनेट ३२ सेकेन्ड, साइक्लिङ ३८ मिनेट ९ सेकेन्ड र दौड २५ मिनेट ३१ सेकेन्डमा पुरा गरिन् । महिला जुनियर इलाटमा तर्फ भारतकी संजना सुनिल जोशी प्रथम, नेपालकी श्रेवी महर्जन दोस्रो र देविका शर्मा तेस्रो भइन ।
प्रतियोगितामा १९ राष्ट्रका ६६ खेलाडीको सहभागिता रहेको थियो । जसमा पुरुष ४७ र महिल १९ खेलाडि थिए ।





