बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोविन्दराजले आफूमाथिको फुकुवा निर्णय नमान्ने

गोविन्दराजले आफूमाथिको फुकुवा निर्णय नमान्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७९, सोमबार

पोखरा/ नेपाली कांग्रेसको आइतबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिले कारवाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथिको निलम्बन फुकुवा ग¥यो । तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसकै सम्मुखमा तनहुँको राजनीतिमा प्रभाव राख्ने जोशीमाथिको कारवाही फुकुवा गरिएको हो ।

तर, जोशीले उक्त फुकुवाको निर्णय जनतालाई दिग्भ्रमित पार्नको लागि मात्रै रहेको भन्दै निर्णय नमान्ने बताएका छन ।
आइतबार फेसबुकमार्फत उनले कारबाही फुकुवा गर्ने पार्टीको निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेसको निर्णयले जनमतलाई दिग्भ्रमित गरेको बताएका छन् ।

‘१०औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ,’ उनले लेखेका छन्, ‘यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु । सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको नर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ ।’

उनले पार्टीले गरेको एकलौटी निर्णय नमान्ने पनि बताएका छन् । नेता जोशीले कांग्रेसको चुनावी रणनीतिबाट ’दिग्भ्रमित नहुन’ पनि सबैलाई आग्रह गरेका छन । ‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रूपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन । चुनावको मुखमा मञ्चन गरिएको चुनाबी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु,’ उनले लेखेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->