बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धम्जाले सुरु गर्यो लोकसेवा र शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा

धम्जाले सुरु गर्यो लोकसेवा र शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७९, बिहिबार

बागलुङ / जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाले आफना वडाभित्रका विद्यार्थीलाई निःशुल्क रुपमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा पढाउन सुरु गरेको छ ।

वडाले सदरमुकाम बागलुङ बजारमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षाको सुरु गरेको हो । वडाध्यक्ष कुलबहादुर विकले वडाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको बताए।

सुरुमा २० जना युवालाई सदरमुकाममा राखेर लोकसेवा र शिक्षक सेवा आयोग पढाउन थालिएको हो । यस्तो कक्षाहरुले सक्षम नागरिक उत्पादन गर्नमा ठूलो भूमिका खेल्ने अध्यक्ष विकको विश्वास छ ।

‘मेरो गाउँ अलिकति दुरदराजमा पर्छ । मेरो गाउँमा लोकसेवा पास गरेर सरकारी सेवामा रहेकाहरु नगन्य छन् । यसकारण तयारी कक्षा सञ्चालन गरेर सरकारी सेवामा पहुँच पुर्‍याउन सकियोस् भन्ने मुख्य उदेश्य छ,’ उनले भने ।

आफ्नै खर्चमा तीन जना र बाँकी १७ जनालाई वडाबाट आवश्यक रकम व्यवस्था गरिएको छ । एक महिना बढी समय सदरमुकाममा राखेर पढाउनका लागि दुई लाख रकम छुट्याइएको अध्यक्ष विकले बताए । यस कार्यबाट सकरात्मक प्रतिफल आउने विश्वास वडाले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->