सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रिय पुरुष हक्की पहिलो खेलमा गण्डकीको हार

राष्ट्रिय पुरुष हक्की पहिलो खेलमा गण्डकीको हार


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७९, बिहिबार

पोखरा / विराटनगरमा आयोजना भएको चौथो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेशले हार व्यहोरेको छ ।

गण्डकीले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग ८–० को हार व्यहोरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वार्षिक कार्यक्रम अन्तरगत बुधबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा कुल सात टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल आर्मी, कर्णाली प्रदेश, गण्डकी प्रदेश, नेपाल पुलिस, सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशि प्रदेशको सहभागिता रहेको छ ।

गण्डकीले अब दोस्रो खेल नेपाल आर्मीसंग भोलि खेल्नेछ । यस्तै शनिबार कर्णालीको सामाना गर्नेछन ।
गण्डकीको टिममा असिम ठकुरी, हेमन पैजा, अभिषेक सुनार, अर्जुन श्रेष्ठ, कुशल नेपाली, संगम जिटी, सोनु खान, रोहित कुमार, शैलेश गुरुङ, पवन क्षेत्री, सागर परियार, गगन केसी, शिशिर केसी, सुरज कुमार, पवन परियार र सोमबहादुर थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->