सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मुआथाई गण्डकीले बैशाखदेखी विद्यार्थी लक्षित स्प्रिङ क्याम्प’ गर्ने

मुआथाई गण्डकीले बैशाखदेखी विद्यार्थी लक्षित स्प्रिङ क्याम्प’ गर्ने


  • ढोरपाटन संवाददात
  • चैत्र २३ २०७९, बिहिबार

पोखरा / नेपाल मुआथाई गण्डकी प्रदेशले बैशाख पहिलो सातादेखी विद्यार्थीहरु लक्षित स्प्रिङ क्याम्पको आयोजना गर्ने भएको छ ।

नव गठित संघले २०८० को वार्षिक कार्यक्रम अन्तरगत बैशाख पहिलो सातादेखी कार्यक्रम सुरु गर्न लागेको संघका महासचिव खगेन्द्र क्षेत्रीले जानकारी दिए । उनका अनुसार क्याम्प ४५ दिन चल्नेछ ।

आगामी बैशाख ३ गतेबाट १५ गते सम्म दर्ताका लागि तोकिएको छ । मुआथाईको ग्रासरुटबाटै विकास गर्ने उद्धेश्यका साथ क्याम्पस संचालन गर्न लागिएको खगेन्द्रले बताए ।

“अहिले परिक्षा दिएर बसेका विद्यार्थीहरु के गर्ने भन्ने बारे अन्यौल छन् । उनीहरुलाई मार्शल आर्ट खेलको एक महत्वपूर्ण खेलको रुपमा नेपालमा विकास भइरहेको मुआथाई खेलको प्रशिक्षण गराउन चाहन्छौं” महासचिव क्षेत्रीले भने,“यो कार्यक्रमले विद्यार्थीहरुलाई शारिरिक र मानसिकरुपमा समेत अघि बढ्न तथा अभिभावकहरुलाई समेत केही राहत हुनेछ ।”

कक्षा ६ देखि एसईई दिएर बसेका विद्यार्थीहरुलाई यो क्याम्पमा राखिने जानकारी दिंदै निशुल्क रुपमा प्रशिक्षणको व्यवस्था समेत गरिएको महासचिव क्षेत्रीले बताए । यो पहिलो चरणको कार्यक्रम रहेकोले पनि उनले सबै अभिभावकहरुलाई पोखरा रंगशालामा ल्याउन र खेलकुदमा आफ्ना बालबालिकालाई अघि बढाउन आग्रह गरे ।

नेपालकै पहिलो परियोजनाका रुपमा अघि सारिएको यो क्याम्पलाई प्रदेश खेलकुद परिषद गण्डकी र खेल्छ गण्डकीले सहयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->