हाम्रो देश नेपालको राजधानी काठमाण्डौंलाई पहिले नेपाल भनेर चिनिन्थ्यो । त्यहाँ आजभन्दा करिब ५ दशक अघि धेरै मानिसहरु पैदल हिंडेर पुग्थे । देशका विभिन्न ठाउँबाट आ–आफ्ना काम लिएर त्यहाँ पुग्ने जमात धेरै हुन्थ्यो । बागलुङ जिल्लाका मानिसहरूले पनि पटकपटक नेपालको यात्रा गरेका थिए । मनभरी आशाका किरणहरु बोकेर ३०÷३५ दिनको एकतर्फी बाटो भएर काठमाण्डौं अर्थात् तत्कालीन नेपाल जाने गरेको कुरा स्पष्ट छ । पशुहरुको बिक्रीवितरणलाई मुख्य पेसा बनाएका यहाँका स्थानीयले मसिनो मुल्यमा आफ्नो रगत, पसिना र उर्जाशिल जीवन बिताउँथे । त्यतिबेला यात्राको प्रसन्नताभित्रै जीवन खोज्न सफल उनीहरुले नेपालभित्रैको नेपालको यात्रामा खुशी भएर गर्थे ।
अहिले मानिसहरु पर्यटक बनेर विभिन्न ठाउँमा पुग्छन् । त्यति बेलाका मानिसहरु हजारौं भञ्ज्याङ्हरु बिना जानकारी बिना प्रसङ्ग भ्रमण गर्थे । जुन बाध्यता थियो वा रहर उहाँहरुलाई नै थाहा होला । वर्तमानमा रमाएका हामीहरु रमाउन समेत पुग्न असम्भव यी भञ्ज्याङ् अनि टाकुराहरुमा पू्र्खाहरु कसरी पुगे होलान् । खाली खुट्टा, आफ्ना लागि आवश्यक सामाग्रीहरु बोकेर डरलाग्दा अभय वस्तुहरुलाई अघि लगाइ त्यहाँ पुग्थे । वर्तमानमा मानिसहरु रहरलाग्दो जीवन ज्यूँन त्यहाँ पुग्छन् । तर बिडम्बना विगतमा जीवन ज्यूँने मार्ग खोज्न मानिसहरु त्यहाँ पुग्थे ।
जो कष्टकर र दुखदायी थियो । परन्तु मानिसहरु यसरी देशभित्रको यो यात्रालाई भाग्यमा लेखिएको नियती मान्थे । तर, वर्तमानमा त्यहाँ पुग्न नसकेका मानिसले आफ्नो दुर्भाग्य ठान्छन् । आहा ! कति रमाइलो छ मानिसको जीवन, फरक पहिले र अहिलेमा मात्र हो । तर, पहिलेको जीवन पनि हाम्रो अगाडि शाश्वत छ । त्यसैले हामी भाग्यमानी छौं ।
वि.सं. २०२८÷०२९ सालतिर बागलुङ जिल्लाका मानिसहरुले नेपाल भनेर काठमाण्डौलाई चिन्थे । हामीहरुका पूर्खाहरुले नेपाल भनेर अथ्र्याउने गरेको उक्त ठाउँमा पनि विकासको मुहान भेटिएको थिएन । राजधानीको सुक्ष्म रुपमा झल्को आए पनि विकासका कामले गति पाएका भने थिएनन् । त्यसैले यस ठाउँका मानिसहरू पनि परम्परागत विधि र पद्धतिमा विश्वास गर्थे । जसका कारण बागलुङदेखि पर्वत, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोर्खा, धादिङ र नुवाकोट जिल्लाको भ्रमण पश्चात् त्यहाँ पुग्ने बटुवा र व्यापारीहरुले सहजता पाएका थिए ।
वर्तमानमा आउँदा कोही कसैलाई नचिन्ने र आत्मीयताको नामोनिशान नरहेको यस शहरले तत्कालीन समयमा सबैलाई चिन्ने कुरा अनुभवी मानिसहरू बताउँछन् । भूगोलका हिसाबले राजधानीदेखि धेरै टाढा रहेको यस क्षेत्रका मानिसहरुलाई महिनौं दिनको यात्रामा के कति समस्या र चुनौतीहरु आउँथे होलान् ? हामी बिना सवारी साधन ५÷१० मिनेट हिंड्न नसक्नेलाई के पो थाहा हुन्थ्यो होला र ? तै पनि प्राप्त सूचना र अनुभवी बुवाहरुको भनाइलाई मोटामोटी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।
बा.न.पा १२ अमलाचौर स्थायी घर भएका जनार्दन पौडेल र गंगा प्रसाद पाध्या बताउनुहुन्छ । हामीले गरेका दुखका अनुभव सुनाउन त महिनौँ लाग्छ । उस्तै र उत्रै उमेर समूह, दुरुस्तै पहिरन, बोल्ने लवज, हिंडाइको छनक, खानपिनको शैली सबै समान ६÷७ जनाको सामूहिक उपस्थितिले बागलुङका धेरै ठाउँमा परिचय पाइसकेको थियो । हामीहरु जहाँ जान्थ्यौं एउटा न एउटा काम लिएरै जान्थ्यौं । त्यो काम पूरा गर्ने स्वभाव हामीहरुमा थियो नै, अन्यथा हामीहरु बाह्रै महिना खाली हात अवस्य पनि बस्दैनथ्यौं । घरमा रहँदा खेती किसानी, बाहिर हिडे भरिया, छुटेको समय डोका, नाम्ला, डाला, थुन्से, भकारी र गाइवस्तुलाई बाध्ने दाम्ला निर्माण गर्थौं । कात्तिकको आत्तुरे समयलाई खेतीपातीलाई दिन्थौं ।
असारमा १०/१५ दिन बाली लाउने काममा व्यस्त भएपछि बाकी समय सधैं बटुवा जीवन बिताउँथ्यौं । एकाध चौतारीको बसाईमा गरिएको यस कुराकानीपछि उहाँहरुको अन्य दैनिकीलाई टिपोट गर्नै पर्ने मानेर बागलुङदेखि काठमाण्डौ अर्थात् नेपालको यात्रालाई पंक्तिबद्द गर्ने उद्देश्य लिए । जसलाई यसरी उद्घोष गर्न सकिन्छ ।
तत्कालीन समयमा घरायसी व्यवहार धान्न र छोराछोरीको हातमुख जोर्न कै लागि यी र यस्ता कठिनाइ पुर्ण कामको बाटो हिंड्नै पर्नी थियो । कृषिबाहेक अन्य आयस्रोतको बाटो नभएकाले मुख्य पेसा नै यहि थियो । त्यसैले उनीहरु बागलुङदेखि दर्जनौं जिल्ला हिंडेर नेपालसम्मको यात्रा गर्थें । यी जिल्लाहरुको परिभ्रमण बिना उद्देश्य रित्तै हिंड्ने भने होइन । छोराछोरी र जहानका अनुहारमा खुशी ल्याउने महान महत्वकांक्षासहित दर्जनौंको संख्यामा अभयवस्तु (रागा, भैंसी र पाडापाडी) हुन्थे । पशुहरुको गतिमा जहाँ पुग्दा रात पर्छ । उहीँ बास बस्यो । आफ्नै टाउकोले बोकेको अन्नलाई शरीरले मागे जति भोजन गर्यो । हर (शरिर)मा लगाएका कपडा फुकालेर ओड्यो, घाँस पातलाई बिछ्याउने शैया बनायो । दिनभरिको हिंडाइ अनि थकानले आफ्नै हातलाई शिरानी बनाएपछि मस्त निद्रा लाग्थ्यो । झिसमिसे उज्यालोमा फूर्तिलो जाँगर लिएर हिंडेपछि ढकमक्क रात नपरुन्जेल हिंड्ने गरेका विषय ६ दशक उमेर काटेका अनुभवी बुबा गंगाप्रसाद पाध्या बताउनुहुन्छ ।
एउटै काम हो, बागलुङदेखि अभयवस्तु सकुशल काठमाण्डौं पुर्याउनु । आफ्ना बाधा व्यवधानलाई पैताला मुनि राखेर पशुहरुको जीवन रक्षाका लागि आफ्नो पुरै जिन्दगी समर्पण गर्नु, सानो कुरा होइन । बर्खे भेल, घाम, पानी, हुरि, बतास, र भोकप्यासको प्रवाह नगर्नु उहाँहरुको भलाद्मी पन मान्न सकिन्छ । पशुहरुलाई सुथरी अर्थात् सानो डोरिका सहायताले वारीबाट पारी तानेर खोलानाला तार्ने साहसी कार्य उहाँहरुको थियो ।
अर्कोतर्फ आफ्नै लगानीमा हिंडाइएका वस्तुभाउ नदिको भेलमा बगे भने तिनको महा मार्नुको विकल्प थिएन । तसर्थ पराक्रमले भ्याएसम्म वस्तुभाउको संरक्षणसहित ससम्मान गन्तव्यको यात्रा गर्नै पथ्र्याे । घरदेखि बाटा लागेको १०÷१५ दिनमा पश्चिम बागलुङका गलकोट, ताराखोला, हिल, रुम, मल्म, झिर्का, पाण्डवखानी, रमुवा, कालाखानी, जलजला टोप्री पुग्थ्यौ । कहिले काडेबास, हुतिसिर, बाह्रकोट, सल्यान, सुखौरा त कहिले रिघा, खर्वाङ, ग्वालीचौर, सिमलचौर, खारा, खाला, भिमगिठे, बुर्तिबाङ र भुजिखोला पुग्थ्यौ । यसरी महिनौं दिनसम्म पश्चिम बागलुङ चहारेर ५०÷६० वटा रागा र भैंसी जम्मा गरि जैमिनीघाट अर्थात् ज्यामिरघाटबाट काठमाण्डौ अर्थात् नेपालको यात्रा तय गर्ने उनीहरु पर्वत जिल्लाको फलेवास नजिकै झक्लकमा पहिलो रात बिताउँथे । सबेरै चितीपानीको उकालो चढेर सुर्योदय भेटाउन कार्किनेटाको धुरीमा पुग्ने समुहले टिम्लोटमा दोस्रो रातको अँध्यारोलाई स्पर्श गथ्र्याे ।
रामायणमा वर्णित श्रवणकुमारको मृत्यु स्थल स्याङ्जाको अन्धाअन्धी तालको मुहान भएर बग्ने आधीखोलाको किनारै किनार चिलाउनेवासबाट ओइयामा पुगेर बिसाइ फेथ्र्याैं । केही समयपछि रङ्गेठाटीहुँदै सेतीदोभानमा पुग्दा रात पथ्र्याे । यात्रालाई निश्चित गन्तव्यसम्म नपु¥याई वस्तुभाउलाई बाधेर आफुहरु बस्ने व्यवस्था गर्न सकिदैनथ्यो त्यसैले अध्याँरोलाई जेनतेन छिचोल्दै ठुलीवेशीमा पुगेर बास बसिन्थ्यो । अघिअघि बटौली पुगेर आउने बाटो पनि उहीँ भएकाले परिचित बाटोमा यात्रा गर्दा त्यति गाह्रो भने हुँदैनथ्यो । ठुलीबेशीबाट पुत्लीखेतलाई दाहिने पारेर बाण खोलाको किनारै किनार भैंसी चराउँदै साँझमा उकाली लाइन्थ्यो । राती नौ बज्थ्यो होला बाणखोलाको शिरमा बास बस्न पुग्दा । स–साना दाउराहरु बटुलेर आगो फुक्यो । भैंसीले दिएसम्म दूध तानेपछि सधैंको यात्रा र बटुवा जीवनमा भोजन तयार हुन्थ्यो । दुइचार गाँस टिपेपछि मस्त निद्रा लाग्थ्यो । अर्को दिन पनि बिहान सबेरै अर्को डाँडोको यात्रामा निस्किनु पथ्र्याे, अनि बिहानको बिसौनी हुरि भञ्ज्याङ्लाई बनाइन्थ्यो ।
भञ्ज्याङ्मा बिहानको खान्कीस्वरुप यात्रा प्रभावित नहुने गरि मनलाई प्रसन्न बनाएर ढोडखोलामा पुग्न ओराली झरिन्थ्यो । दिनको टन्टलापुर घामलाई छिचोल्दै लामेद्वालीहुँदै ओडारेमा पुग्दा सितल चन्द्रमाको स्पर्श गर्न पुगिन्थ्यो । फेरि त्यहाँ पनि सदाका साँझ झै भोजनको धर्म पुरा गरेर २/४ घण्टाको लागि देहलाई पृथ्वी महातारीको काखमा सुम्पनु हाम्रो दैनिकी नै थियो । त्यसैगरी स्याङ्जा र कास्कीका फलाम खानी, लोकतेटार, बरुवा, डोरखोलाको दोभानबाट सेती नदी तरेर तनहुँको खैरेनीटार, थर्पु बजार, जामुनेहुदै म्याग्दे भन्ने ठाउँमा दशौं रात बिसाउन पुग्थ्यौ । अहिले बाटाघाटा पुगे गाडीको सुबिधामा मानिसहरु पुराना यात्रालाई भुल्न थाले, हाम्रो पालामा आठदस घण्टा हिंडेर पुगिने ठाउँमा अहिले मानिसहरु चिया खान पुग्छन् । हामीहरुलाई पैताला टेकाउन सकस परेका ठाउँमा अहिलेका मानिसहरु रमाउन पुग्छन् । पहिले र अहिलेका जीवनमा धेरै फरक छ । तत्कालीन यात्राका अनुभवी बुबा जनार्दन पौडेल बताउनुहुन्छ ।
नेपाल पुगेर २÷४ पैसो समाउने आशाले २५ दिनको यात्रा तय गरेका ती पू्र्खाले अहिले २४ घण्टा गाडीहरु ओहोरदोहोर गर्ने तनहुँको गुणादीलाई पार गरि सामेखोलाको दोभानबाट मादी नदि तर्ने र बागभञ्ज्याङको उकालीको बाटो समाउँथे । भञ्ज्याङ्मा थोरै धेरै खाजा नास्ता खाएर कटहरे खोलाको तटमा पुग्न पुनः ओरालो झर्नुपथ्र्याे । समथर भुभागमा भारितारी राखेपछि पुर्ण दिनलाई तटमा बिसाएर भोलिपल्ट झिसमिसे मै गोर्खाको कर्लिङ भञ्ज्याङ् (कमलबारी)को बाटो तताउनु पर्थो । पुरै जीवनको ७५% जीवन भरिया र बटुवा जीवनमा व्यतित गर्ने उनीहरु खोलानाला र भञ्ज्याङ्हरु कति तरे कति गोर्खाको नालाखोलामा बिसाइ फेरेर छिर्कने पुगेका उनीहरु दिउँसोको टन्टलापुर घाममा चुदिखोलाको तटमा हिंडिरहेका हुन्थे । स्थानीय मानिसहरु गर्मी छल्न घरभित्र बसेका पनि ती बटुवाहरु चुहिने घरको छानोबाट बर्खेभेललाई तर्काउने अभिलाशा बोकेर हिंडिरहेका हुन्थे । धेरै मानिसहरू समयको गति रातको प्रतीक्षामा रहेकाले जतिसक्दो छिटोदिन बितोस् भन्ने चाहन्छन् । यी मानिसहरु जतिसक्दो छिटो रात बितोस् र गन्तव्यमा पुगियोस् भन्ने चाहन्छन् । एकपछि अर्को ठाउँ, भञ्ज्याङ्, भेदी, उकाली, ओराली गर्दै भन्सार, झिनुवाफाँटहुँदै मस्र्याङ्दी नदि तर्नको लागि सतिघाट पुगेर त्यहीँ तटमा आफुलाई बिसाउँथे ।
रमणीय गाउँ गाईखुरबाट अघि लागेपछि पाणेवेशीमा हरियालीभित्र गहुँ र जौ का लहलहाउँदा बालाहरुलाई हेरेर कहिल्यै अघाउँदैनथ्यौँ । त्यहाँबाट चुक्तिखोला झरेर नुहाइधुवाइ गरिन्थ्यो । गर्मीका कारण आत्तिएका हामीहरु फूर्तिलो ज्यान लिएर अर्को डाँडो कट्थ्यौँ जहाँ खारखोलाको सितलता र सुसावट सुनिन्थ्यो । जहाँ तहि पानी नपाइने भएकाले हामी प्रायः खोला किनारमा नै बास बस्थ्यौँ । ढुङ्गाको छेल पारेर चुलो लगाएपछि रुखोसुखो खान्की पाक्थ्यो । मिठो नमिठोको प्रवाह हुँदैनथ्यो । बागलुङदेखि महिनौंको यात्रामा निस्किएका हामी गोर्खाको सातदोबाटे अर्थात् भुसुन्नेफाँटमा पुगेपछी ४÷५ दिनलाई झोला बिसाउथ्यौँ । त्यहाँ बस्दा गोर्खाका हर्निभन्ज्याङ, आपपिपल, खोप्लाङ, छोप्राक र लमजुङका दुराडाँडा, सालीटार र पुर्खोटबाट लैनाभैसी खरिद गरि संख्या थप गरेपछि अभयवस्तुहरु जरेवर हुँदै महसेल खोलामा झारेर अर्को रात बिताउथ्यौं । भोलिपल्ट खाञ्चोक भञ्ज्याङको उकालो सकेर तंग्राम खोलाको किनारमा बस्नु पथ्र्यो । यात्राको समयमा जत्ती दिनहरु व्यतीत गरिन्छ । उत्तिकै शरीर कमजोर हुँदै जान्थ्यो । हातखुट्टा गलेर जस्तो ठाउँमा पनि बसौं बसौं लाग्थ्यो । के गर्नु भावीको लेखान्तर हामीहरुलाई सधैं दुख लेख्या रहेछ । यात्रा सुरु गर्दा कहिल्यै सुर्यलाई देख्न पाइएन । चन्द्रमाको कुरै नगरौं सधैं सुत्ने बेलामा छिप्पिएका चन्द्रमाले गिजाउँथे । खोलाको किनारमा के कति आराम हुँदो हो तिमी आफै अनुमान गर भन्दै अनुभवी बुबा जनार्दन पौडेल थप्नुहुन्छ ।
बुढिगण्डकीको वहावलाई बोल्र्याङघाटमा पुगेर डुङ्गाको सहाराले तरिन्थ्यो । वस्तुभाउलाई डोरीको सहायताले तार्ने चलन थियो । कति बगेर जान्थे । डोरीमा बाँधिएको आफ्नै हातको प्राणीको मृत्युले मुटु छियाछिया हुन्थ्यो । मरेर जानी गए बाँचेकोले काम गर्नै पर्ने । घाइते मुटु लिएर बचेका पशुलाई लिएर सल्यानटारहुँदै हाँसे पसल भनेर चिनिने हिकमफेदीमा बास बस्न पुगिन्थ्यो । जीवनमा जस्तो जे भएनी यात्रालाई छोट्याउन लम्भ्याउन नसकिने रहेछ । एक पटक सङ्गैको साथी बिरामी परेर थला पर्दा समेत फर्केर आउँदा यहीँबाट फर्किउला भनेर त्यँही छोडेर अचानेतिर लागेका थियौं । बिचरा बिरामी त्यसैमा सबैले छोडेर हिंड्दा मन अमिलो बनाएको थियो उस्ले, फर्किदा सङ्गै जाम्ला भन्नुको विकल्प हामीसङ्ग थिएन पनि त्यसैले ऊ पनि मौन बस्यो । एक तमासले मुन्टो हल्लाएको देखेर स्वीकार गरेको बुझ्यौं । को ज्युँदो को जाग्दो अहिले यो हालतमा छौं । आफ्नै शरीर बोझ भयो त्यति बेलाका घटना सम्झिदा कहाली लाग्छ । एउटै उद्देश्य लिएर हिंडेको साथीको सङ्गै बस्ने आशा हुँदाहँुदै पनि धनपैसाको लोभ र पारिवारिक जिम्मेवारीले हिंडाएको थियो ।
हुनतः त्यतिका पशुहरुलाई राख्न सक्ने अवस्था पनि थिएन । बिरामी साथीलाई लिएर जानू भनेनी आफ्नो ज्यानबाहेक अरु खुट्टाले बोक्न असमर्थ थिए । त्यत्तिकैमा विगतका स्मृतिलाई आँसुका माध्यमबाट खसाल्दै पुनः यात्रा कै वर्णनलाई जोड्नु भो चराङ्गेको फेदिलाई पहिल्याउने अभिलाषामा आकु नदि तरेर अगाडि बड्नु हाम्रो अर्को सम्झिने परिघटना थियो नै, आफूसहित समुहका सबै प्राणीलाई चराङ्गेको उकालो चढाएर भोटे पधेँराहुँदै कुभिण्डे भञ्ज्याङ्बाट स्याल्ले डाँडामा बास बस्ने प्रबन्ध मिलाउनु थियो । नामै सुन्दा रमाइलो लाग्ने भराङ्भुरुङ्को ओरालोमा वस्तुभाउलाई भराङ्भुरुङ ओरालेर थोप्पल खोला झर्नु पनि हाम्रो लागि बाध्यता थियो । भोलिपल्ट सावली भञ्ज्याङ्मा सुर्योदय भेटाएका हामीहरु काहाने खोलाहुँदै अजिङ्गारेमा बास बसिन्थ्यो ।
अजिङ्गारेबाट केही दिनको यात्रालाई प्रतीक्षामा राखेर गोर्खाका बौवा, बाघटार र नुवाकोटको विदुर, गगटे भञ्ज्याङ्हुँदै सेरावेशीमा पुगेर करिब १२/१५ दिनलाई झोला बिसाउथ्यौं । त्यहाँ बस्दा वस्तुहरु किनबेचको लागि तयार हुनुपथ्र्याे । काठमाण्डांै, कागती गाउँ, साङ्लाखोला, धरथली, बाहुनडाँडा, ढिकुरे, ताजिपार, मालाकोट, मदनपुर, दाङ्मोही, जितपुर, मुडेखी, चतुराले, ब्रमन्नी र थान्सिङ लगायतका ठाउँहरुमा बसोबास गर्ने मानिसले रागा, भैंसी र पाडापाडी खरिद गर्न त्यहाँ आउँथ्ये । व्यापारीक दृष्टिकोणमा हाम्रा लागि उपयुक्त स्थल सेरावेशी नै थियो ।
त्यहाँ बिक्री गर्न नसकेका र बाकी रहेका अभयवस्तु लिएर पुनः ताजी नदि तरेर मालाकोट, जीतपुर फेदीहुँदै चतुरालेमा पुगेर एक रात बिताएपछि भोलिपल्ट ब्रमन्नीको धुरी कटेर काउलडाँडाहुँदै मुडेखुमा पुगिन्थ्यो । मुडेखु अर्थात् तत्कालीन नेपालको भूगोलमा समेटिने त्यस ठाउँमा २÷४ दिनमा त्यहीँबाट रागा, भैंसी र पाडापाडी बेचेर प्राप्त फाइदाले नेपालबाट ढाकाटोपी, कालाटोपी, राताडोरी, पस्मिना सल, घरायसी अभावका सामान, ४ रुपैयाँ पाथी मास, गहत जस्ता गेडागुडी अनि १२ पैसामा १ घार्नीका दरले सख्खर, १२० रुपैयाँ धार्ने पर्ने चरेसका थाल, कचौरा किनेर बेच्ने प्रचलन थियो ।
व्यापारीहरु व्यापारमा परिपक्व हुन्छन् भन्या झै दुइचार दिन बसेका ठाउँमा पनि २५ पैसा मानो दूध बेचेर त्यहीँ पैसाले आफुहरुलाई अत्यावश्यक सामान किनिन्थ्यो । भनेर यात्राको सविस्तार वर्णन जनार्दन बुबाले बताउनुभयो । तत्कालीन समयमा यहि पेसा व्यवसायलाई अवलम्बन गरेर बाह्रैमास नेपाल र बागलुङ ओहोरदोहोर गर्नेहरुमा नारनदत्त आचार्य, जायस्वर ढकाल, शशिधर ढकाल, चन्द्रदत्त पौडेल, शक्तिवल्लभ पौडेल, जनार्दन पौडेल, गङ्गाप्रसाद पाध्या, पशुपति पौडेल, पाराश्वर ढकाल र स्व. हरिप्रसाद पाध्या र चन्द्रदत्त पाध्या लगायतको समुह थियो। सधैं बटुवा जीवन रागा र भौसिंहरु लिएर हिंड्यो जहाँ चौर भेटिन्छ । उहीँ ठाउँलाई आश्रय स्थल बनाओ । दूध दुहेर खिर पकायो खायो, रमायो । यो पनि उहाँहरुका लागि अविस्मरणीय क्षण नै हुनुपर्छ ।
यसरी बागलुङदेखि नेपाल अर्थात् काठमाण्डौसम्म महिनौं दिनको यात्रा गर्ने परम्परा तत्कालीन समयमा थियो । धेरै समयको प्रतीक्षापछि थोरै खुशी पाइने आशामा यहाँका मानिसहरु महिनौं दिनको एकतर्फी बाटो भएर काठमाण्डौ अर्थात् तत्कालीन नेपाल जाने गरेको कुरा बुझिन्छ । पशु व्यापारलाई हातमुख जोर्ने मुख्य पेसा बनाएका यहाँका मानिसहरूले आफ्नो उमेरको एक चतुर्थांश जीवन यात्रा मै बिताउँथे । ससाना छोराछोरी र परिवारको खुशीका लागि यो संघर्ष पर्याय नै बनेको थियो । देशको पश्चिम पहाडी गाउँ बागलुङबाट ३००÷३५० मा भैंसी र राँगाहरु किनेर ३०÷४० रुपैयाँ फाइदा हुने आशाले महिनौं दिनको यात्रा गर्ने उनीहरु नेपालभित्रैको नेपालको यात्रामा खुशी नै थिए । त्यतिबेला ५०÷६० वटा राँगा, भैसी र पाडापाडीलाई अघि लगाए नेपालभित्रैको नेपालको यात्रा गर्ने हाम्रा महान पू्र्खाहरुलाई सलाम छ ।





