पोखरा/ पोखरा महानगरपालिकाले विद्यालय हाताबाटै शैक्षिक सामग्री बिक्री वितरणमा रोक लगाएको छ । महानगरले शैक्षिक सत्र २०८० का लागि ब्रिज कोर्स खारेज गरिदिएको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले कक्षा ११ को भर्नाको लागि ब्रिजकोर्ष तथा विद्यार्थीबाट थप भर्ना शुल्क नअसुल्न पनि निर्देशन जारी गरेको छ ।
शैक्षिक सत्र २०८० को पठनपाठन वैशाख १० गतेबाट सुरु गर्नुपर्ने,विद्यालयको एक सय मिटर दूरीभित्र सुर्ती तथा मदिराजन्य वस्तुहरूको बिक्री वितरण निषेध तथा विद्यार्थी बोक्ने बसहरु कक्षा सुरु हुनुभन्दा डेढ घण्टा अघिबाट मात्र सडकमा गुड्न पाउने नियम पनि महानगरले सार्वजनिक गरेको छ ।





