बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

एमाले महिला संघको अध्यक्षमा टुका, सचिवमा नरदेवी

एमाले महिला संघको अध्यक्षमा टुका, सचिवमा नरदेवी


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७९, सोमबार

बागलुङ / नेकपा एमाले निकट अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन भएकी छिन् । चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनबाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा बिसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन् ।

महासचिवमा पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी सर्वसम्मत भएका छन् । गण्डकी प्रदेशबाट सचिवमा नरदेवी पुन चयन भएकी छिन् । अन्य सचिवमा विणा राई, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल रहेका छन् । कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएको अध्यक्ष हमालले जानकारी दिईन ।

बागलुङबाट केन्द्रिय सदस्यमा भीमा अधिकारी, ममतादेवी शर्मा, मञ्जु शर्मा चालिसे र यमुना काउचा तथा म्याग्दीबाट थमसरा पुन र खरमायां बिटालु निर्वाचित भएका छन् । केन्द्रिय समिति २२५ सदस्यीय चयन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->