शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

क्लब सिक्सटीनमा बाउन्सरको दादागिरी, यौन व्यापार !

क्लब सिक्सटीनमा बाउन्सरको दादागिरी, यौन व्यापार !


  • विजय नेपाली
  • चैत्र २९ २०७९, बुधबार

पोखरा/ लेकसाइडमा रहेको क्लब सिक्सटिनमा बाउन्सरको कुटाइबाट सेवाग्राही घाइते भएका छन् । सोमबार राति क्लब गएका ग्राहकलाई त्यहाँका सुरक्षाकर्मीले गम्भीर घाइते हुनेगरी कुटेका हुन् । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेदप्रसाद जोशीका अनुसार सोमबार राति उक्त क्लबमा दुई घटना भएका थिए । पहिलो घटना प्रहरीले तत्कालै थाहा पाए पनि दोस्रो घटनाको बारेमा मंगलबार बिहानमात्रै थाहा पाएको उनले सुनाए । बाउन्सरले ग्राहकलाई कुटपिट गरेको सिसिटिभी फुटेजमा स्पष्ट देखिएको जोशीले जानकारी दिए । घटनामा संलग्न बाउन्सरलाई प्रहरीमा हाजिर गराउन संचालकलाई जानकारी गराएको उनले बताए ।

‘सोमबार राति विवाद हुँदा हामीले दुई समूहलाई पक्राउ गरेर ल्याएका थियौं,’ उनले भने, ‘त्यो लगत्तै केही घण्टापछि त्यहाँ पुनः झगडा भएको रहेछ त्यो कुरा हामीलाई बिहान मात्रै थाहा भयो । घाइते र चोट लागेका मान्छेहरु हामीलाई कुटे भनेर बिहान आए । जाहेरी दिनुपर्छ जाहेरी लिएर आउनुस भनेर भन्याँै । अहिलेसम्म उहाँहरु जाहेरी दिन आउनुभएको छैन् ।’

बाउन्सरहरु रातको जागिर गरेको र बिहान सुत्ने भएकाले साँझ प्रहरी कार्यालयमा हाजिर गराउने गरी संचालकलाई जानकारी गराएको उनले बताए । ‘रातमा जागिर बिहान सुत्ने भएकाले उहाँहरुसँग सम्पर्क भएको छैन । हामीले संचालकलाई हिजोको घटनामा संलग्न भएका बाउन्सरलाई लिएर आउनुस भनेका छौं ।’ क्लबमा बाउन्सरले ग्राहकलाई कुटपिट गर्न नपाउने उनले बताए । ‘बाउन्सरको काम हात हाल्ने वा कुट्ने नभइ त्यहाँ सबैलाई सहज वातावरण बनाउने मात्रै हो । सिसिटिभी फुटेजमा पनि स्पष्ट देखिएको छ त्यसैले हामीले यहाँ बोलाएका छौं ।’ उनले पर्यटकीय क्षेत्र भएकाले शान्ति सूरक्षाका लागिे उजुरी नपरेपनि उक्त घटनाको बारेमा छानविन गरी कारवाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

सोमबार राति भएको घटनामा बाउन्सरको कुटाइले घाइते भएकाहरु भने सुतिरहेको पीडितका आफन्तले बताएका छन् । ‘घाइतेहरु अहिले सुतिरहेका छन् । भोलि चौकी जानेछौं । म घाइते होइन तर मेरो मान्छे घाइते हो,’ उनले भने ।

पर्यटकी क्षेत्रमा रहेको उक्त नाइट क्लबका कारण स्थानीयहरु हैरान भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले लेकसाइडलाई निश्चित समयसम्म खुल्ने अनुमति दिएपनि क्लब भने बिहान ७–८ बजेसम्मै चल्ने गरेको स्थानीयहरु बताउँछन् । बेलुका क्लब संचालनमा आएसँगै त्यहाँ डबल पार्किङ समेत हुने गर्छ । उक्त क्लबमा दैनिक ३–४ पटक झगडा हुने गरेको छ । यतिमात्र होइन, स्थानीयका अनुसार त्यहाँका नाइट क्लबमा यौन धन्दा समेत हुँदै आइरहेको छ ।

स्थानीयले उक्त क्लबबाट आजित भएर स्थानीय तह र वडा प्रहरी कार्यालय वैदाममा समेत निवेदन दिएका छन् । एक स्थानीयका अनुसार उक्त क्लबमा दैनिक झगडासँगै यौन व्यापार समेत हुन्छ । ‘यो क्लबले हैरान गरेको छ । बिहानैसम्म गीत बजाउँछ । लेकसाइडमा जता गएर खाएपनि अन्तिममा यहीँ आउने गरेका छन् । हामीले शान्ति सुरक्षाका लागि वडा र प्रहरीमा निवेदन समेत दिएका छौं,’ स्थानीयले भने, ‘यहाँ त यौन व्यापार पनि हुन्छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।’

स्रोतका अनुसार यौन व्यवसायमा नाबालिगको समेत प्रयोग भइरहेको छ । त्यहाँ कन्ट्याक्टमा यौन व्यापार हुँदै आएको छ । ‘खास कुरा के हो भने, सिक्सटीनले बजारमा केटीहरु राखेको हल्ला छ ।

अनि तिनीहरुलाई हरेक दिन कुनकुन कपडा लाउने समेत किनेर राखिदिएको छ अपार्टमेन्टमा । अनि क्लाइन्टहरु आयो भने तिनीहरुले अफर गर्छ,’ स्रोतले भने,‘ अस्ति (आइतबार) एकजनालाई पनि त्यसस्तै सम्पर्कमा राखिदियो भनेर म्यानेजरलाई थुनेछ । म्यानेजरलाई अस्ति बैदामले लग्यो त्यही केशमा । अनि केटी अन्डर एज (बालिग) भयो भनेर थुनेको रहेछ । भोलिपल्ट केटी चिच्यायो भनेर केश परेको हो । २२ लाख तिरेर निस्कियो, सबैले पैसा खायो भन्ने समेत कुरा आएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->