पोखरा / कास्कीमा एक युवालाई हत्या गरि फरार रहेका जयन्द्र पाइजा ९ वर्षपछि पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतले हत्या पुष्टिभएसंगै जन्मकैद सुनाए पश्चात फरार रहेका म्याग्दी घरभई माछापुच्छे« गाउँपालिका २ भराभरी बस्दै आएका ३७ वर्षिय जयन्द्र पाइजा पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
०७० पुष १३ गते राति साविक सार्दिखोला गाविस ८ बस्ने भिम बहादुर मगरलाई धारिलो हतियार (चक्कु) ले अनुहार तथा शरीरका विभिन्न भागमा प्रहार गरी हत्या भएको थियो ।
उक्त घटनामा संलग्न रहेका र मुख्य अभियुक्त रहेका जयन्द्रलाई जिल्ला अदालत कास्कीले ०७३ जेठ १७ गते कर्तव्य ज्यान मुद्धामा जन्म कैद सजाय फैसला आदेश गरेको थियो ।
सोही समय देखि उनी फरार रहेका थिए । उनलाई वडा प्रहरी बगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।





