बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

हाइड्रोजन उत्पादन गरे वार्षिक ७१ अर्ब जोगिने

हाइड्रोजन उत्पादन गरे वार्षिक ७१ अर्ब जोगिने


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८०, शनिबार

पोखरा/ काठमाडौं विश्वविद्यालयको आयोजनामा पोखरामा नेपालको विकासका लागि हाइड्रोजन उत्पादन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको कार्यक्रममा पोखराका उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रियामा जलस्रोतको माध्यमबाट विद्युत निकालि हाइड्रोजन उत्पादन गर्न सकेमा जलवायु परिवर्तसँगै नेपाले आर्थिक उन्नती गर्न सक्ने वक्ताहरुले बताएका छन् ।

काठमाडौं विश्वविद्यालय मेकानिकल इन्जिनियर संकायका प्रमुख प्रोफेसर विराज सिंह थापाले नेपालले इन्धनको बढ्दो प्रयोगका कारण कार्वन उत्सर्जन चरण विन्दुमा पुगिरहेको बताए । उनले जलवायुमै प्रभाव पार्ने कोइला, डिजेल, पेट्रोलको बढ्दो प्रयोगले दिनानुदिन समस्या आइरहेको सुनाए । उनले विश्व नै जलवायुको सिकार भइरहँदा पछिल्लो समय विकसित मुलुकहरुले इन्धन खपत शुन्य गरि हाइड्रोजनको खपत बढाउने गरी दीर्घकालिन रणनीतिक योजना अघि सारको सुनाए । उनका अनुसार नेपालमा सबैभन्दा बढी कोइलाको प्रयोग हुने गरेको छ । त्यसपछि डिजेल र पेट्रोलको प्रयोग बढीरहेको छ ।

सन् २०२१ तथ्यांक अनुसार नेपालमा ४८.१५ प्रतिशत कोइलाको प्रयोग हुने गरेको छ । यस्तै विद्युतको खपत ८.८७ प्रतिशत, डिजेल १२.७५ र पेट्रोल ०.२० प्रतिशत प्रयोग भइरहेको छ । त्यसमध्ये सबैभन्दा बढी यातायात क्षेत्रमा इन्धन खपत भइरहेको छ । यातायात क्षेत्रमा ६२.३५ प्रतिशत डिजेल, कृषिमा ९० प्रतिशत डिजेलको प्रयोग भइरहेको छ भने उद्योग क्षेत्रमा ५० प्रतिशत बढी कोइलाको प्रयोग भइरहेको छ । यो तथ्यांक अनुसार नेपालले वार्षिक ७१ अर्बभन्दा बढी रकमको इन्धन किन्ने गरेको छ ।

हाइड्रोपावरको उच्च सम्भावना बोकेको नेपालले क्षमता अनुसारको जलविद्युति उत्पादन गर्न सकिरहेको छैन् । नेपालले जलविद्युत उत्पादन गर्दै हाइड्रोजन उत्पादन गर्न सकेको खण्डमा पर्यावरणमा मात्रै नभई आर्थिक रुपमा समेत संवृद्धि हासिल गर्न सक्ने प्रोफेसर थापाको भनाइ रहेको छ ।

आफुहरुले यसबारेमा अध्ययन गर्दै अघि बढेपनि पछिल्लो समय हाइड्रपावर निमार्णमा ह्रास आउन सक्ने खतरा बढिरहँदा चिन्तित हुनुपरेको समेत सुनाए । पेट्रोलको विकल्पको रुपमा व्याट्रि अथवा विद्युतीय सवारी प्रयोग गर्न सकेपनि सबै इन्धनका लागि हाइड्रोजन अत्यावश्यक रहेको उनको भनाइ छ । जसका लागि राज्यले रणनीतिक योजना बनाउनुपर्नेमा उनको जोड थियो । ‘यो यस्तो गर्छौ उस्तो गर्छौ भनेर मात्रै हुदैँन । पहिला हामीले हाइड्रोपावरबाट ठूलोमात्रामा विद्युत उत्पादन गर्नुपर्छ । हाइड्रोजन उत्पादनका लागि राज्यले नै नीति निर्माण गर्नुपर्छ’ उनले भने,‘यो राजनैतिक एजेन्डा बनेर आउनुपर्छ । जबसम्म राजनैतिक एजेन्डा बन्दैन तबसम्म यो सम्भव छैन् ।’ वैकल्पिक उर्जा सोलरलाई व्यापकता हुन दशकौ लागेको सुनाउँदै त्यस्तो समय अब नरहेको बताए ।

यस्तै पोखरा उद्योग वाणिज्य संंघका अध्यक्ष पवन प्रजापतिले हाइड्रोजनको उत्पादन संगै विक्रि गर्न सके स्वच्छ पर्यावरण बनाउन सकिने बताए । उनले पोखरालाई हरियो अर्थात ग्रिन सिटि बनाउ हाइड्रोजनको प्रयोग गर्न आवश्यक रहेको सुनाए । उनले राज्यले नीतिमा सुधार गर्दै जानुपर्नेमा जोड दिए । पोउवासंघ नविनतम उर्जाको खोजी र प्रबद्र्धनमा समर्पित रहेको बताउँदै इन्धनको विस्थापित गर्दै वातावरण अनुकुल उर्जाको प्रयोग आजको आवश्यकता रहेको औंल्याए ।

अन्य इन्धन प्रयोग गर्दा कार्बन उत्र्सजन हुने गर्दछ । तर हाइड्रोजनले कार्बन उत्र्सजन नगर्ने हुँदा यसको प्रयोगले जलवायु परिवर्तन न्युनिकरणलाई ठूलो राहत मिल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->