पोखरा/कास्कीको माछापुच्छ«े गाउँपालिकामा भालुको आक्रमणबाट एक जना गम्भिर घाईते भएका छन् । माछापुच्छ«े गाउँपालिका–९ का ५८ बर्षिय गुञ्जबहादुर थापालाई जंगली भालुले आक्रमण गरेको हो ।
बिहानको समयमा घाँसदाउरा गर्न जंगल निस्केका थापालाई भालुले आक्रमण गरी गम्भिर घाईते बनाएको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले बताए । उनको टाउको, अनुहार र संवेदनशिल अंगमा गम्भिर चोट लागेको छ । घाईते थापालाई उपचारको लागि पोखरास्थित फिस्टेल अस्पतालमा लगिएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।





