सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि


  • विजय नेपाली
  • बैशाख ११ २०८०, सोमबार

पोखरा/ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु हुँदैछ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरा रंगशालामा आजदेखि विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताले गण्डकी प्रदेशबाट खेलाडी छनोट गर्नेछन् । प्रतियोगितामा प्रदेशका ११ जिल्लाकै सहभागिता रहनेछ । ११ जिल्लामध्ये १० जिल्लामा यसअघि पालिकास्तरीय छनोट हुँदै जिल्ला छनोट समेत भइसकेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा १० जिल्लाका विभिन्न ६ खेलका ७४३ खेलाडीको सहभागिता रहने छन् । प्रतियोगितामा सहभागि हुनका लागि सबै जिल्लाबाट खेलाडीहरु आइपुगेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । विद्यालयस्तरिय छात्र/छात्रा राष्ट्रपति कपमा मार्शल आर्टतर्फ उसु, तेक्वान्दो र कराते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कबड्डी खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा कास्कीबाट ९०, बागलुङबाट ९०, पर्वतबाट ९०, म्याग्दीबाट ९०, स्याङ्जाबाट ७४, तनहुँबाट ८२, लमजुङबाट ५४, गोर्खाबाट ८२, नवलपुरबाट ८२ र मनाङबाट ९ खेलाडीको सहभागिता रहेको छ । मुस्ताङबाट भने प्रतियोगितामा कुनै सहभागिता नरहेको संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रदेशबाट छनौटमा परेका खेलाडीले शुक्रबारदेखि काठमाडौंमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने छन् । काठमाडौंमा शुक्रबार र शनिबार प्रतियोगिता हुनेछन् ।

यी हुन् कास्कीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरु :

प्रदेशस्तरीय प्रतियोगिताका लागि कास्कीमा जिल्लाबाट कुल ९४ खेलाडीले सहभागिता जनाउने छन् । ९० खेलाडीमध्ये एथलेटिक्समा २२, उसुमा १२, कँराते १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनोट गरिएको हो । छात्र र छात्रा दुवै गरी ९४ खेलाडी छनौट भएका हुन् । मार्सलआर्टमा पोखरा महानगरपालिकाबाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनोट भएका हुन् ।

एथलेटिक्स छात्रातर्फ एन्जल अधिकारी, सविना खातुन मिया, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगिता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक,सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ रहेका छन् । वैकल्पिक खेलाडीमा सिर्जना केसी, दिपा पोडेल, शोनिका विक र अप्सरा भुजेल रहेकी छन् ।

छात्रतर्फ रिशव श्रेष्ठ, कुशल पोखरले, सन्दीप क्ुँवर, प्रवेश आचार्य, तेन्जेन रोका मगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आसिष कार्की र रितेश विक रहेका छन् । वैकल्पिक खेलाडीतर्फ दिपेश यादव, विराज परियार र राजिव थापा रहेका छन् ।

भलिबल छात्रातर्फ सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक रहेकी छन् । वैकल्पिक खेलाडीमा आकृति थापा र दिपा थापा रहेकी छिन् । छात्रतर्फ आशिष सुनार, मदन छन्त्याल, सुदिप परियार, टाइसिन गुरुङ, किसान थापा,, सुजन बुढाथोकी, समिर विक, प्रतिक श्रेष्ठ र मञ्जुर मिया रहेका छन् । वैकल्पिक खेलाडीमा विद्धान विक, आशिष नेपाली, रञ्जन सुनार रहेका छन् ।

कबड्डी छात्रातर्फ संजु घर्ती, भिमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्विकृत केसी, दिविसा ज्यु ठकुरी, सुष्मा कुँवर, पुनम कुँवर र करुणा नेपाली रहेकी छन् । वैकल्पिक खेलाडीमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार रहेकी छिन् । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समिर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक रहेका छन् । वैकल्पिक खेलाडीमा अशोक पौडेल, निसान तामाङ र राजेश गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->