बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उपनिर्वाचन सम्पन्न, सबैका आँखा तनहुँमा

उपनिर्वाचन सम्पन्न, सबैका आँखा तनहुँमा


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

पोखरा/ तनहुँ क्षेत्र नम्बर १ सहित देशका तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ । तनहुँमा ५१.७०,बारा २ मा ६४ र चितवन २ मा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ । तनहुँमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए । यो गएको मंसिर ४ गते सम्पन्न चुनावकोभन्दा कम हो ।

अघिल्लो चुनावमा त्यहाँ ५४.३६ मत खसेको थियो । तनहुँमा नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तनहुँसहित देशका तीनवटै निर्वाचन क्षेत्रको मत परिणाम मंगलबारसम्म आइसक्ने निर्वाचन आयोगको भनाइ छ । तनहुँमा जिल्ला समन्वय समितिको हलमा मतगणना हुनेछ ।

धरमरमा ठूला दल

अघिल्लो चुनावमा कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३७१ मतसहित विजयी हुँदा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । दोस्रो भएका एमाले उम्मेवार एकबहादुर रानाको पोल्टामा १९ हजार ९८१ मत गएको थियो । समानुपातिकतर्फ उक्त चुनावमा कांग्रेसले सर्वाधिक २० हजार १५८ मत प्राप्त गरेको थियो । एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत पाएको थियो ।

त्यस्तै सत्ता साझेदार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात हजार ३२३, एकीकृत समाजवादीले ९५०, जनता समाजवादी पार्टीले ३२३, जनमत पार्टीले १६३, राष्ट्रिय जनमोर्चाले ५० र लोकतान्त्रिक समाजवादी पार्टीले २४ भोट पाएका थिए । अघिल्लो चुनावमा परिणाम हेर्ने हो भने, यहाँ सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले सहज विजय प्राप्त गर्नुपर्ने हो । तर, परिस्थिति गएको मंसिरजस्तो छैन ।

भट्टराईलाई उनकै दलका पूर्वनेता डा. स्वर्मिम वाग्लले कडा टक्कर दिइरहेका छन् । कांग्रेस छाडेर रास्वपाबाट चुनावी मैदानमा उत्रिएका रास्वपाका उम्मेदवारप्रति निर्वाचनको दिनमा पनि मतदाताको आकर्षण उस्तै थियो । एकातिर रास्वपाप्रतिको आकर्षण, अर्कोतर्फ तनहुँको चुनाव प्रभावित गर्दै आएका गोविन्दराज जोशी समूहको समर्थन ! यी दुई कारणले स्वर्णिमसँग मुख्य दलहरु त्राहिमाम देखिएका छन् ।

तनहुँको एक सिट हार्दैमा कांग्रेसलाई संसदीय अकं गणितमा खासै फरक पर्दैन तर त्यो सिटसँग कांग्रेसको बिरासत जोडिएको छ । तनहुँलाई कांग्रेसले आफ्नो किल्ला ठान्छ । आफ्नै किल्लामाथि आक्रमण गर्नं आएका आफ्नै दलका नेताले जितेमा कांग्रेस संगठनमा पहिरो जाने धेरैको आँकलन छ । त्यसैले पनि कांग्रेसले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएको छ ।

त्यसको सट्टा एमालले भने सो क्षेत्रलाई त्यति महत्व नदिएको हो कि भन्ने चुनावकै दिनमा देखिएको केही स्वतन्त्र विश्लेषकले बताएका छन् ।‘तनहुँ १ को चुनाव कांग्रेस र रास्वपा दुवैको आगामी राजनीतिक भविष्यको लागि यति महत्वपूर्ण छ कि, कांग्रेसको अवनति र रास्वपाको भविष्य नै यही क्षेत्रले निर्धारण गर्ने देखिएको छ,’ कांग्रेस निकट एक विश्लेषकले भने,‘पुराना दलप्रति मतदाताको भरोसा छैन भन्ने त प्रमाणित भएको छ तर कांग्रेसका युवा नेताहरुको परीक्षा पनि यही निर्वाचनले दिँदैछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->