पोखरा/ पद्म नर्सिङ होम प्रालि पोखरा–३, नदिपुरमा सुरक्षित प्रसुती सेवा सुरु भएको छ । प्रा.लि. मा आइतवार अप्रेसनको माध्यमबाट पहिलो पटक बच्चाको जन्म गराइएको हो ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला एवं एनेस्थेसियालोजिष्ट डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइरालालगायतको टिमद्वारा अप्रेसनको माध्यमबाट पद्म नर्सिङ्ग होम प्रा.लि. नदिपुरमा पहिलो बच्चाले जन्म लिएको छ ।
पोखरा – १७ बिरौटा निवासी रमेश भट्टराई र रेखा बराल भट्टराईले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिनुभएको हो । अप्रेसनको माध्यमबाट जन्मिएको २.५ केजी तौल भएको बच्चा स्वस्थ रहेको बरिस्ठ बाल रोग बिषेशज्ञ डाक्टर रामचन्द्र बास्तोलाले जानकारी दिए ।





