बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा रास्वपाका स्वर्णिमलाई दोब्बर बढी मतको अग्रता

तनहुँमा रास्वपाका स्वर्णिमलाई दोब्बर बढी मतको अग्रता


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

तनहुँ/ तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा सुरुदेखि नै रास्वपाका डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । भानु नगरपालिकाका ४ वटा वडा र आँबुखैरेनीको एउटा वडाको मतगणना सकिंदा सबै वडामा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि रहे । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन् ।

आँबु-१ को १४५८ मतमध्ये स्वर्णिम वाग्लेको पक्षमा मात्र १०६५ मत परेको छ । कुल खसेको ६३ हजार ७५७ मतमध्ये हालसम्म सम्पन्न भएको मतको वडागत विवरण यस्तो छ:

आँबु-१ (१४५८)

डा. स्वर्णिम वाग्ले- १०६५
गोविन्द भट्टराई- २७६
सर्वेन्द्र खनाल- ५४

भानु-३ (१५७४)

डा. स्वर्णिम वाग्ले-७१६
गोविन्द भट्टराई-४१८
सर्वेन्द्र खनाल- ३५१

भानु-७ (१२८१)

डा. स्वर्णिम वाग्ले-६५५
गोविन्द भट्टराई-३१२
सर्वेन्द्र खनाल-२७०

भानु-८ (१७९४)
डा. स्वर्णिम वाग्ले- ८५६
गोविन्द भट्टराई- ४५८
सर्वेन्द्र खनाल- ४३७

भानु-१० (१७५८)
डा. स्वर्णिम वाग्ले- ८४६
गोविन्द भट्टराई- ५५१
सर्वेन्द्र खनाल- ३२९

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->