शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपाललाई ३ रजत, ४ कास्य

प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपाललाई ३ रजत, ४ कास्य


  • ढोरपाटन संवाददात
  • बैशाख ११ २०८०, सोमबार

पोखरा/ अन्तर्राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगितामा नेपालले कुल ७ पदक जित्न सफल भएको छ ।

आफ्नो शरिरको अंगदान गरेका व्यक्तिहरु बीच अष्टे«लियामा भएको खेलमा नेपालले ३ रजत र ४ कास्य पदक जित्न सफल भएको हो ।
नेपालले ५ किलोमिटर दौड, १००, २००, ४००, ८०० मिटर दौड, हाइ जम्प, लंग जम्प, टेवल टेनिस, व्याडमिन्टन, सटपुट तथा ज्याभलिन थ्रो लगायतका खेलमा सहभागिता जनाएको थियो ।

गिता श्रेष्ठले हाइजम्पमा रजत, १०० र ४०० मिटर दौडमा कास्य पदक जितिन् । विष्णुलाल तुसु श्रेष्ठले हाइ जम्पमा रजत, ल®जम्प र १०० मिटर दौडमा कास्य पदक जिते । असिम कुमार लम्सालले ८०० मिटर दौडमा रजत पदक जिते ।

प्रतियोगितामा ४६ राष्ट्रका १ हजार ६ सयबढी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिता गर्नुको उदेश्यक अंगदान र प्रत्यारोपण गरेका व्यक्तिहरुले पनि देशको लागि योगदान गर्न सक्छन् र सामान्य खेलाडी झै खेल्न सक्छन् भन्ने सन्देश दिएको नेपाल प्रत्यारोपण खेलकुद संघका महासचिव तथा टिम म्यानेजर हरि नारायण शर्माले जानकारी दिए ।

उनका अनुसार विभिन्न अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अङ्गदान गरेका व्यक्तिहरु पनि समाजमा अन्य व्यक्ति सरह स्वस्थ र सक्रिय जिवन विताउन सक्छन भन्ने सन्देश फैलाउन सन् २०१० देखि विभिन्न अंगदान तथा प्रत्यारोपण गरेका व्यक्तिहरु मिलेर नेपालमा हरेक वर्ष प्रत्यारोपण खेलकुद तथा अङ्गदान सचेतना सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको छ ।

आरोग्य फाउन्डेसनले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलकुद कार्यक्रम तथा अङ्गदानको क्षेत्रमा काम गर्ने संस्था वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनको आधिकारिक सदस्यता प्राप्त गरि नेपालको तर्फबाट प्रतिनिधि संस्थाको मान्यता पाएको उनले बताए ।

फेडरेसनको लागि नेपालको तर्फबाट आधिकारिक प्रतिनिधि आरोग्य फाउन्डेसनकी अध्यक्ष आनी छोइंग डोल्मा मोक्तान लामा र टिम मेनेजरको रुपमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति हरिनारायण शर्माले प्रतिनिधित्व गरिरहेका छन ।

वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेसनले प्रत्येक दुई दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न किसिमका प्रत्यारोपण खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । अष्ट्रेलियाको पर्थ शहरमा अप्रिल १५ देखि २१ सम्म भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->