सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सुरु

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८०, मंगलबार

पोखरा/ गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड सोमबारबाट पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेत ११.०६ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । यसै गरी तनहुँका भिमबहादुर थापाले ११.०३ सेकेण्ड दुरी पार गर्दै रजत र तनहँुकै प्रेम बहादुर थापाले १२.०३ सेकेण्डमा दौड पूरा गरी कास्य पदक जिते ।

१०० मिटर दौड छात्रातर्फ भने एन्जल अधिकारी कास्की १४.०१ सेकेण्ड, लक्ष्मी परियार लमजुङ १४.०३ सेकेण्ड, अप्सरा विक नवलपुर १४.०४ सेकेण्डमा दौड पूरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।

यसैगरी ४०० मिटर दौड छात्रातर्फ चन्द्रकला बराल स्याङजा १ मिनेट ०८ सेकेण्ड, अनुस्का अधिकारी कास्की १ मिनेट ११ सेकेण्ड, सोमाया कुमाल तनहुँ १ मिनेट १३ सेकेण्डमा दौड पूरा गरी क्रमश स्वर्ण, रजत र कास्य पदक हात पारे भने ४०० मिटर दौड छात्रतर्फ प्रकाश महतो नवलपुर ५४.०२ सेकेण्ड, विनित भुजेल लम्जुङ ५५.०६ सेकेण्ड, नितेश शाही लमजुङ ५६.०० सेकेण्डमा पूरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जिते । १५०० मिटर दौड छात्रा तर्फ नारायणी भण्डारी कास्की ५ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी स्वर्ण, एलिना नेपाली गोर्खा ५ मिनेट ४० सेकेण्डमा दौड पूरा गरी रजत, शर्मिला वि.क बाग्लुङ ५ मिनेट ४१ सेकेण्डमा पूरा गरी कास्य पदक जिते ।

त्यस्तै बाग्लुङका बादल कार्की ले १५०० मिटर दौड छात्रतर्फ ४ मिनेट २६.३ सेकेण्ड दौड पूरा गरी स्वर्ण पदक जितेका छन् । कास्कीका तेन्जन रोक्का २७.०२ सेकेण्ड दौड पूरा गरी रजत पदक जित्दा तनहुँका दिलिप बिक ४ मिनेट २८.५९ सेकेण्डमा लक्ष्य पार गर्दै कास्य जितेका छन् । १६ सय मिटर रिले दौड छात्रतर्फ नवलपुर प्रथम, कास्की दोस्रो, र तनहुँ तेस्रो भएको छ । छात्रातर्फ समेत नवलपुर,कास्की र तनहुँ क्रमशः पहिलो दोस्रो र तेस्रो हुन सफल भएका छन् ।

उद्घाटन कार्यक्रममा भएको मार्च पासमा गोरखा जिल्ला प्रथम, नवलपुर दोश्रो र कास्की तेश्रो भएका छन् । यसअघि गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको थियो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा मुस्ताङ बाहेक १० जिल्लाका ७२० जना खेलाडीले विभिन्न ६ वटा खेलहरुमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता मंगालबार सम्पन्न हुने र बैशाख १४ गते खेलाडी केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा सहभागिताका लागि काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->