बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँका जनताले गरेको विश्वासको गुन विकास गरेर तिर्छु: सांसद वाग्ले

तनहुँका जनताले गरेको विश्वासको गुन विकास गरेर तिर्छु: सांसद वाग्ले


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८०, मंगलबार

दमौली / तनहुँ-१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले तनहुँका मतदाताले आफुलाई लगाएको गुन तनहुँको विकास गरेर तिर्ने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास र समृद्धिको लागि काम गरेर मतदाताले आफुलाई लगाएको को गुन तिर्ने बताए ।

आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने बताए । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’  सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->