मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

डिजिटल मुद्राको विकास र घट्दो डलरको साख

डिजिटल मुद्राको विकास र घट्दो डलरको साख


  • सुरेन्द्र रेग्मी
  • बैशाख १३ २०८०, बुधबार

मानव सभ्यता विकाससंगै वस्तु विनिमय प्रणालीको सुरुवात भयो । मानिसहरु एकआपसमा बस्तु साँटेर ब्यापार गर्न थाले । मानव विकाससंगै अन्तर देशीय व्यापार पनि गर्न थाले । अन्तर देशीय ब्यापारमा पनि वस्तु विनिमय प्रणालीको नै प्रयोग भयो । तर, त्यो विश्वव्यापी व्यापार गर्न त्यती व्यवहारिक भएन । यसरी ब्यापार गर्दा निकै कठिनाइ झन्झटहरु आइपर्ने गर्थे । यसबाट मुक्ति पाउन वैदेशिक व्यापारका लागि राष्ट्रहरुले तत्कालीन मूल्यवान रहेको सुनलाई समान खरिद बिक्रि गर्ने मध्यम (मुद्राका रुपमा) प्रचलनमा ल्याए । सुनको प्रयोगले केहि सहजता ल्यायो तर यसका पनि विभिन्न खालका चुनौतीहरु देखिन थाले ।

सुनको भण्डारण सिमित हुनु, सुन मूल्यवान वस्तु भएकाले सुनको मूल्यभन्दा न्यून वस्तु किन्न झन्झट हुनु, सुनमा मिसावटको जोखिमले मानिसहरु बिकल्पको खोजीमा चाँदी र पित्तलका सिक्का प्रचलनमा ल्याए । अन्तर देशीय व्यापारमा चाँदी र पित्तलका सिक्क प्रयोग गर्न थाले । यो पनि व्यापारमा झन्झटमुक्त हुन् सकेन । धातुका सिक्काको प्रयोगको अब्यबहारिकतालाई हटाउन स्वीडेनले सन् १६६१ मा पहिलो पटक कागजी नोट प्रयोगमा ल्यायो । यसको सिको गर्दै अरु देशले पनि बिस्तारै कागजी मुद्रा छापे । आन्तररिक व्यापारमा आफ्नो मुद्राको प्रयोग गर्न थाले ।

सबै देशले आफनो आफ्नो कागजी मुद्राछापे पनि वैदेशिक व्यापारको भुक्तानी प्रणालीमा भने सुनको कारोबार नै कायम रह्यो । किनकि, एउटा देशले अर्को देशको मुद्रालाई विश्वास गर्ने आधार नै थिएन । एक र अर्को देशको मुद्राको मुल्य समान पनि थिएन ।

दोस्रो विश्वयुद्ध सकिँदा लगत्तै सुपर पावर बनेको अमेरिकाले विश्वव्यापी भुक्तानी प्रणालीमा अमेरिकी डलरको प्रयोगमा ल्याउन थाल्यो र अहिलेसम्म पनि अमेरिकी डलरको प्रभाब उत्तिकै छ । अब भने विस्तारै डलरको पतनको सुरुवात भइसकेको अनुमान गरिंदै छ । अमेरिकाले विकास गरेको २०० देश संगठित विश्वभर डलरको भुक्तानी गर्न विद्युतीय माध्यम ‘स्वीफ्ट’को प्रायोगबाट निस्केर रुसले चीनसँग मिलेर ‘क्रस बोर्डर ट्रान्सफर सिस्टम’ बनाएको छ यसकै प्रयोगले द्विदेशीय व्यापार गर्न लागेको छ । भारतले आफ्नै भुक्तानी प्रणाली ‘रुपे’ सुरु गरेको छ । चीनले युआनमा कारोबार सुरु गरेको छ । ब्राजिल र अर्जेन्टिनाले आफ्नो दुइ देशको बीचको व्यापार आफनै मुद्रामा गर्न सुरु गरिसकेका छन् । तथ्यांकहरुले अमेरिकी डलरको सञ्चिती ओरालो लागिरहेको र चिनियाँ युआनको सञ्चिती बढ्दै गरेको देखाउँछ ।

चीन, रसिया र भारत, साउदी अरब, संयुक्त अरब इमिरेट्स, ब्राजिल जस्ता देशहरु अमेरिकी डलरको बिकल्पमा ब्यापार गर्न खोजी रहेका छन् । यस्तै बंगलादेश, मलेसिया, लाओस, बु्रनाई, कम्बोडिया, इण्डोनेसिया, फिलिपिन्स, म्यानमार, सिंगापुर, थाइल्याण्ड, भियतनाम, दक्षिण अफ्रिका, फ्रान्स, भेनेजुयला, केन्या, अर्जेन्टिना, क्यूबा, घाना, मंगोलिया, पाकिस्तान र टर्की जस्ता देशले डलरको बिकल्प खोजन थालिसकेका छन् । म जस्ता अमेरिकी सपना बोकेर अमेरिका आएका मानिसलाई तत्काल यसले प्रभाब नपारे पनि अमेरिकी डलरको संचिति प्रयोग घट्दा दिर्घकालमा असर पक्कै पर्ने छ ।

अमेरिकी डलरको संचिती र प्रयोग घट्नु भनेको विश्व साम्राज्यमा अमेरिकाको प्रभाब घट्नु हो । अबको केहि दशकमा विश्वको पहिलो रहेको अमेरिकी अर्थतन्त्र तेस्रोमा झर्ने र चिन र भारतको अर्थतन्त्र क्रमशः पहिलो र दोस्रो हुने प्रक्षेपण गरिएको छ । तथ्यांकहरुले यसलाई पुष्टि गरेका छन् । अन्य देश आर्थिक विकासमा दौडेका छन् भने अमेरिका विकसित भैसकेको अर्थतन्त्र दिगो राख्ने प्रयत्नमा लागेको छ । अहिले आएर डिजिटल मुद्रा (क्रिप्टो करेन्सी) बढ्दो प्रयोगसंगै सम्पूर्ण देशका मुद्रा काम नलाग्ने हुने सम्भावना पनि छ । अधिकामस देशले आफनै डिजिटल मुद्रा विकास गरिसकेका छन् वा गर्ने क्रममा छन् । यसको व्यापक प्रयोगमा आए डलरको प्रयोग बिस्तारै अन्त्य नै हुन सक्छ ।

गलकोट, बागलुङ
हाल अमेरिका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->