पोखरा/लायन्स क्लाब अफ पोखरा सेन्ट्रल सिटिको निर्वाचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमले लायन्स बर्ष २०२३÷२४ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।
अध्यक्षमा सुदीप शर्मा पौडेल , प्रथम उपाध्यक्षमा निराजन रेग्मी , द्वितीय उपाध्यक्षमा बासु भट्टराई, सचिबमा मिलन सुवेदी , कोषाध्यक्षमा दिपेश कुमार गुप्ता सर्बसम्मत रुपमा चयन भएका छन ।
निर्वाचन प्रोग्राममा लायन बर्ष २०२३/२४ मनोनित क्रमश डिष्ट्रिक टुरिर्जम प्रमोशन चिफ ला.चेतन कार्की, डिपार्टमेन्ट को–चिफ ला.रामराज सुवेदी, डिष्ट्रिक प्रमोशन ला.राजेश शिल्पकार सहितको निर्वाचन मण्डल गठन गरीएतापनी क्लबका नयाँ पदाधिकारीहरु निर्विरोध चयन भएका थिए ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक टुरिर्जम प्रमोशन चिफ ला.चेतन काकी ले क्लबले लायन्स अन्तरास्ट्रिय को मर्म अबनुरुप सामाजिक क्षेत्रमा पुर्याएको योगदान को प्रसंसा गरेका थिए ।
बर्ष २०२२/२३ का अध्यक्ष भिष्म राज सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा पुर्ब अध्यक्षहरु प्रदीप सुवेदी, भिम प्रसाद सुवेदी लगायतको शुभकामना मन्तब्य रहेको थियो ।





