बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

प्रकोप व्यवस्थापनमा रेडक्रस अब्बल: मुख्यमन्त्री पाण्डे

प्रकोप व्यवस्थापनमा रेडक्रस अब्बल: मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८०, शनिबार

पोखरा / नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाँचौ साधारण सभा पोखरामा सुरु भएको छ । साधारणसभाको गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरे ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताए । उनले दैविक प्रकोप पूर्वतयारी र प्रकोपपछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका अब्बल र प्रशंसनीय रहेको बताए ।

गण्डकी प्रदेश पनि प्रकृति प्रकोपले बढि प्रभावित हुने क्षेत्र भएकाले रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताए । भुकम्पको अवस्थामा पनि रेडक्रसले ठुलो भूमिका निभाएको सबैलाई थाहा छ, जनताको साथमा रहेको काम गर्नुभएकोले त्यसका लागि धन्यवाद दिन चाहन्छु, पाण्डेले भने ।

मुख्यमन्त्री पाण्डेले रेडक्रसको केन्द्रीय अधिवेशन केही वर्षदेखि रोकिएको भन्दै रेडक्रसको नेतृत्व गर्नेहरुमा समस्या देखिएको बताए । ६० वर्षसम्म मानविय सहयोगको लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्नेमा पाण्डेले जोड दिए ।

कार्यक्रममा बोल्दै रेडक्रस लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने उनले बताए ।

रेडक्रस बागमतीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दवाव दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पुजा कोइरालाले नेपाल रेडक्रसको अन्तराष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् । कोइरालाले समिति विहिन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा संचालन भइरहेका कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिइन् ।
तनहुँ रेडक्रसका सभापति पा्र.डा. कृष्ण प्रसाद गौतमले रेडक्रसका गतिबिधिलाई निरन्तर समाजसंग जोड्नुपर्ने बताए ।

युवा रेडक्रस सर्कल भानुभक्त क्याम्पस तनहुँका सभापति सुनिता तिवारीले रेडक्रसबाट आफुले सिक्ने अवसर पाएको बताइन् । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सीनाले रेडक्रसको भूमिकालाई कमजोर हुन दिन सवै लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा पर्वत रेडक्रस कार्यालय प्रमुख खेम बहादुर क्षेत्री र कास्की शाखा प्रमुख मोहनसिंह खड्कालाई दोसल्ला, प्रमाणपत्र र नगद रु. ५ हजारले सम्मान गरिएको थियो ।

साधारण सभामा महासचिव रामदत्त पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायण प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक देवीलाल शर्मा तिमिल्सीनाले लेखा प्रतिवेदन पेश गरेका थिए । साधारण सभाको समापन गर्दै अध्यक्ष सूर्य प्रसाद ढकालले प्रदेशको भूमिकालाई बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->