काठमाडौं / वर्षाले प्रभावित कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा निकालेको नतिजाको आधारमा नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।
यसपछि खेल पुन सुचारु गर्न सम्भव नहुदा रद्द भएपछि नेपालले समूह चरणमा निकालेको नतिजाको आधारमा फाइनलमा स्थान बनाएको हो ।
नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा अपराजित रहँदै सात अंक जोडेको थियो ।
यता, समूह बी को उपविजेताको रुपमा सेमिफाइनल आएको कुवेतले भने समूह चरणमा ६ अंक जोडेको थियो ।
समूह चरणमा कुवेतले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग हार बेहोरेको थियो ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको नेपालले २३.२ ओभर तीन विकेट गुमाएर १४१ रन बनाउदा वर्षा भएपछि खेल दुई घन्टासम्म रोकिएको थियो । दुई घन्टापछि सुरु भएको खेलको निर्धारित ओभर ५० बाट ४२ मा झारिएको थियो ।
नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएपछि कुवेतले जितका लागि २८२ रनको लक्ष्य पाएको थियो ।
काठमाडौं । वर्षाल प्रभावित कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा निकालेको नतिजाको आधारमा नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।
यसपछि खेल पुन सुचारु गर्न सम्भव नहुदा रद्द भएपछि नेपालले समूह चरणमा निकालेको नतिजाको आधारमा फाइनलमा स्थान बनाएको हो । नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा अपराजित रहँदै सात अंक जोडेको थियो ।
यता, समूह बी को उपविजेताको रुपमा सेमिफाइनल आएको कुवेतले भने समूह चरणमा ६ अंक जोडेको थियो । समूह चरणमा कुवेतले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग हार बेहोरेको थियो ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको नेपालले २३.२ ओभर तीन विकेट गुमाएर १४१ रन बनाउदा वर्षा भएपछि खेल दुई घन्टासम्म रोकिएको थियो ।
दुई घन्टापछि सुरु भएको खेलको निर्धारित ओभर ५० बाट ४२ मा झारिएको थियो । नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएपछि कुवेतले जितका लागि २८२ रनको लक्ष्य पाएको थियो ।
कुवेतले नवौं ओभर ब्याटिङ गर्दा कप्तान मोहम्मद अस्लमले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
नेपालका करण केसीले पाँच विकेट लिएका थिए । करणले ४.३ ओभर बलिङ गर्दा एक मेडन राख्दै १० रनमात्र खर्चिएका थिए । यसबाहेक, सोमपाल कामीले एक विकेट लिएका थिए ।
त्यसअघि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रनको विशाल योगफल खडा गरेको थियो ।
कप्तान रोहितले ९४ रन बनाए । रोहितले ९५ बलमा सात चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्कासहित ५७ रन बनाए ।
रोहित र कुशलले चौथो विकेटका लागि १०९ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ८०–३ को अवस्थाबाट यी दुईले १८९–४ को अवस्थामा पुर्याएका थिए ।
त्यसअघि, नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, लगत्तै ८० रन जोड्दा नेपालले तीन विकेट गुमायो । आसिफ र कुशलले क्रमशः ४२ र ३१ रन जोडे । आरिफ शेखले १९ र सोमपाल कामीले अविजित १३ रन बनाए । ललितनारायण राजवंशी दुई रनमा अविजित रहे ।
नेपालबाट तेस्रो क्रममा आएका भीम सार्की एक रनमा पभेलियन फर्किएका थिए । सन्दीप लामिछाने पाँच रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ‘डक’ भए । करण केसीले सात रन जोडे ।
यसैवर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।
प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । यस्तै, समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।





