बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, चार घाईते

तनहुँ ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, चार घाईते


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार

तनहुँ / पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँधिखोलामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेल रहेका छन् ।

खाँणका अनुसार दुर्घटनामा परी घाइते भएकाहरू उपचारका लागि भरतपुर लैजाने क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना परी वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८का समिर भुजेल र वर्षका सन्तोष भुजेल घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->