बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

फिर्केमा मापदण्ड विपरीतको पर्खालमा महानगरको डोजर

फिर्केमा मापदण्ड विपरीतको पर्खालमा महानगरको डोजर


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८०, बुधबार

पोखरा/फिर्के खोलामा मापदण्ड विपरीत रातारात बनाएको पर्खाल पोखरा महानगरपालिकाले भत्काएको छ । पोखरा १८ पोखरावेशी, अँधेरीकुनामा मापदण्ड विपरित बनाइएको पक्की पर्खाल मंगलबार दलबल सहित महानगरले डोजर लगाएर भत्काएको हो ।

महानगरले पटक पटक पर्खाल नलगाउन आग्रह गर्दासमेत नमानेपछि मंगलबार विहान निर्माण सामग्री उठाएर ल्याएको थियो । नगर प्रहरीले विहान कारवाहि गर्दा समेत वडा अध्यक्षको मौखिक स्विकृतमै काम थालिएपछि महानगरले डोजर लगाएर पूर्णरुपमा भत्काएको हो । नगर प्रहरी पुरुषोत्तम थापाले फिर्केखोलाको मापदण्ड विपरित काम भएका कारण डोजर चलाएको बताए । उनले जग्गाधनीले पर्खाल निर्माणको स्विकृत समेत नलिएको र अवैद्य रुपमा पर्खाल निमार्ण गरेको सुनाए ।

‘हामीलाई महानगरलपालिकाले आदेश दिएर भत्काउन आएका हौं । व्यक्तिकै जग्गा भएपनि विना स्विकृत निर्माण काम गर्न पाइदैन् । हामीले पटक पटक आग्रह गर्दा समेत उहाँहरुले अटेरी गरी रातारात बनाउनुभयो’ उनले भने,‘रातारात लुकिछिपि काम गरेको थाहा पाएपछि आज भत्काउन बाध्य भयौ ।

यदि गलत काम होइन भने किन रातारात बन्यो ? किन महानगरको अनुमति लिइएन ? उनका अनुसार पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोला चरम अतिक्रमणको चपेटामा परेको छ । महानगरपालिकाको स्विकृत विना कुनैपनि निर्माणको काम नगर्न समेत उनले अनुरोध गरे । नयाँ पर्खाल भत्काउँदा पुरानो सिमाना समेत भेटिएको थियो ।

व्यक्तिले आफ्नो जग्गा भनिरहँदा फिर्केखोलाको किनारको पुरानो पर्खाल समेत देखिएको हो । तर जग्गा संरक्षणको नाममा उक्त स्थानमा फिर्केखोला मिचिदै आइरहेको छ ।

पोखरा महानगरपालिकाले पनि फिर्के सम्बन्धि मापदण्ड बनाउन नसक्दा अतिक्रमणको चरम सिकारमा परेको छ । फिर्के अतिक्रमणमा पोखराका चर्चित समाजसेवीदेखी धनाढ्य सम्म रहेका छन् । फिर्केको पुरानो मापदण्ड १० मिटर कायम रहेपनि महानगरले भने अब ५ मिटर कायम गर्ने गरी योजना बनाइरहेको छ । फिर्के खोलाको किनारादेखी पाँच मिटर कायम भएमा उक्त मापदण्डअनुसार कसैले पनि स्थायी संरचना निर्माण गर्न पाउँदैन् ।
उक्त फिर्केको उत्तरी तटिय क्षेत्रमा पर्खाल निमार्ण भएपछि अख्तियार र महानगरपालिकामा उजुरी परेको थियो ।

पोखराको वडा नम्बर १८ अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ६ ८, ७, ६ हुँदै वडा नम्बर १७ मा पुगी फेवातालमा मिसिन्छ । पोखराका ८ वटा वडा हुँदै बग्ने फिर्केमा सरकारी, सामाजिकदेखी व्यक्तिगतरुपमा समेत अतिक्रमण गरेको छ ।

महानगरपालिकाले एक ठाउँमा भत्काएपनि फिर्केको मुलदेखी फेदसम्म मापदण्ड विपरित संरचना भत्काउन सक्छ वा सक्दैन भन्ने विषय अझै यकिन छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->