बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

याङ्जाकोटमा वैशाख पूर्णिमा मेला

याङ्जाकोटमा वैशाख पूर्णिमा मेला


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा वैशाख पूर्णिमा मेला सुरु भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको मेलाको स्थानीय समाजसेवी एकानसिंह गुरुङले उद्घाटन गरे । तीन दिनसम्म चल्ने मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आफ्नै गाउँठाउँको विकासका लागि सबै जुट्नुपर्ने बताए । जन्मथलो छाडेर सहर पसेका होस् वा विदेश पुगेकाले पनि जन्मथलोको विकासमा योगदान गरे विकासले कोल्टो फेर्ने बताए ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मेलाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धन, स्थानिय उत्पादनको प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने आश्वासन दिए ।

मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाको पहिलो दिन भलिबल, बास्केटबललगायतका खेलहरु सुरु भएका छन् । भलिबलको उद्घाटन खेलमा मादी–बी ले पोखरा–२० मौजालाई २–१ को सेटमा पराजित गर्दै विजयी शुरुवात ग¥यो । प्रतियोगितामा छेलो (ठेलो) हान्ने प्रतियोगिता, हाफ म्याराथन तथा सामूहिक नृत्य प्रतियोगिता पनि हुने क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए ।मेलाको अवसरमा होमस्टेमा विशेषे १५ प्रतिशत छुट हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->