पोखरा / खेलकुद पत्रकार मञ्च गण्डकीको अयोजनामा भएको सातौं पोखरा स्पोट्र्स अवार्ड सावित्रा भण्डारी र करण केसीले हात पारेका छन् ।
हरेक वर्ष प्रदान गर्दै आइरहेको अवार्ड यो वर्ष महिला तर्फ फुटबलकी सावित्रा भण्डारी र पुरुष तर्फ क्रीकेटका करण केसीले हात पारेका हुन् । यस्तै उदीयमान खेलाडी क्रीकेटकै सुवाष भण्डारी घोषित भए । उत्कृष्ट प्रशिक्षक आर्चरीका किशोर कुमार गुरुङ घोषित भए ।
उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ह्याण्डबल संघ सम्मानित भयो । लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङका विद्या मर्सानीले हात पारे ।





