शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुन चौपारीमा नमूना युवा गाउँसभा

अर्जुन चौपारीमा नमूना युवा गाउँसभा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८०, मंगलबार

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका १ मा नमूना युवा गाउँसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सुरु भएको छ । चार दिनसम्म चल्ने प्रशिक्षण तथा अभ्यास कार्यक्रम अर्जुन चौपारी गाउँपालिले राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा गरिएको हो । युवाको नेतृत्व तथा ब्याक्तित्व बिकास, नमुना गाउँसभाको अभ्यास, निर्वाचन पक्रिया र युवा भएर के गर्न सकिन्छ भन्ने बारेमा सिकाउने सरकारको नीति अनुसार कार्यक्रम गरिएको हो ।

हरेक वर्ष एक जिल्लामा एक पालिकामा प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने सकारकारको कार्यतालिका अनुसार अर्जुन चौपारी परेको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले सरकारको अपेक्षा अनुसार प्रशिक्षकसगँ सिकेर व्यवहारमा उतार्न आग्रह गरिन् ।

युवा समाज परिवर्तनको बहाक भएकाले गाउँ र समाजको परिवर्तमा हाम्रो ठूलो जिम्मेवारी रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेत, जिल्ला युवा परिषदका संयोजक आबिश्कार क्षेत्री, वडा नं १ का अध्यक्ष रणबहादुर थापा, शिक्षा शाखा निमित्त प्रमुख कमला चापागाईंलगायतले मन्तव्य राखेका थिए । नमुना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा पालिका भित्र रहेका ६ वडाका ३० प्रशिक्षाथीको सहभागिता रहेको छ ।

प्रशिक्षण तथा अभ्यास कार्यक्रममा आबिश्कार पराजुली र रन्जना नेपालले सहजिकरण गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->