बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मृगौलारोग पीडित लिनालाई लामा अमृत फाउण्डेसनको सहयोग

मृगौलारोग पीडित लिनालाई लामा अमृत फाउण्डेसनको सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८०, बुधबार

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला रोग पीडित लिना गुरुङलाई लामा अमृत फाउण्डेसन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ ।

लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला रोग पीडित लिनाका बुबा जगनप्रसाद गुरुङलाई ६ लाख ४१ हजार २६० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
अन्नपूर्ण –११ घान्द्रुक उरीकी ८ वर्षीय लिना गुरुङलाई चैत १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा )मा स्वास्थ्य जाँच गर्दा स्वास्थ्यकमीले दुवै मृगौला फेल भएको जानकारी गराएपछि उपचारका लागि काठमाडौं लगिएको परिवारले जनाएको छ ।

लिना गुरुङले अहिले काठमाडौंको टिचिङ अस्पतालमा नियमित डायलासिस गरारहेकी छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->