बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

तमु धिँ नेपाल ३९ औं वर्षमा

तमु धिँ नेपाल ३९ औं वर्षमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८०, शनिबार

पोखरा/ तमु समुदायको पुरानो र साझा संस्था तमु धिं नेपाल ३९ औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित भए उनले गुरुङहरुको भावनाको संवोधन गर्ने बताए ।

वर्तमान गण्डकी प्रदेश सरकारमा तमु समुदायबाट कुनै मन्त्री समावेश नहुँदा तमु संघ संस्था र समुदायको मन दुखेको आफूले महसुस गरेको पनि बताए । उनले गुरुङ समुदायलाई समेट्न लागिपरेको पनि बताए ।

मुख्यमन्त्री पाण्डले तमुहरुको भाषा, संस्कृति जगेर्ना, समृद्धि र विकासमा सक्दो योगदान गर्ने प्रतिवद्धता जनाए । गण्डकी प्रदेश सभा सदस्य, तमु धिं नेपालका निवर्तमान प्रथम उपाध्यक्ष सरस्वती गुरुङले हिजोका दिनमा तमुहरुको सेवक भएको, अहिले पनि सेवारत र भोलि पनि सेवा मै जुटिरहने बताइन् ।तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमु समुदायको भावनाको सम्बोधन, गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताका लागि तमुहरु जुट्नुपर्नेमा जोड दिइन् ।

तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङले विदेशमा भएका नेपालीहरुका लागि दोहोरो नागरिकताको आवाज उठाइदिन आग्रह गरे। उनले तमु धिं नेपाले प्रारम्भ गरेको गुरुङ संग्रहालयमा मौलिक सँस्कृति झल्कने घाँटु नृत्यसहितको प्रतिमा राख्ने र निर्माणाधीन रोधिं हलका लागि समाजको तर्फबाट १ लाख ५ हजार सहयोग घोषणा गरे । उनले व्यक्तिगतर्फबाट २५ हजार रुपैया तमु धिं नेपाल रोधी भवन निर्माणार्थ सहयोग दिए ।तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङल आगामी निति, कार्यक्रम र बजेटले तमु समुदायलाई विशेष प्राथमिता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->