पोखरा/ स्वतन्त्र पत्रकार महासंघ नेपालले विज्ञापन बोर्ड उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति आपत्ति जनाएको छ । बोर्डले यही जेठ १५ गतेदेखि पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने निर्णय गरेको छ ।
संघका तर्फबाट केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी र हालको आर्थिक मन्दीका कारण अप्ठेरोमा परेको सञ्चारजगतलाई विज्ञापन कटौतीले अझै आहत पुग्ने भन्दै सरकारलाई यसतर्फ छिटो ध्यान दिन आग्रह गरिएको छ ।





