पोखरा/ पोखराका तीन पत्रकार काठमाडौंमा सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पोखरामा रहेर पत्रकारिता गरिरहेका धनबहादुर गुरुङ, दिपक परियार र विजय नेपाल सम्मानित भएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमका जनही २५ हजार नगद तथा सम्मानपत्रबाट सम्मानित भएका हुन् । धनबहादुर गण्डकी प्रदेशतर्फबाट सम्मानित भएका हुन् । लुम्बिनी प्रदेशतर्फ विजय नेपाल सम्मानित भएका हुन् । नेपाल र गुरुङ आदर्श समाज राष्ट्रिय दैनिकमा कार्यरत रहेका छन् । यस्तै दलिततर्फ दिपक परियार सम्मानित भएका हुन् । उनी कान्तिपुर दैनिकमा कार्यरत रहेका छन् ।
त्यसैगरी, सिताराम कोइरालाले खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरे । उनले नगद ५० हजार तथा सम्मानपत्र प्राप्त गरे ।
प्रदेशतर्फ नै कोशी प्रदेशबाट अर्जुनकुमार सुवेदी, बागमती प्रदेशतर्फ सुवास विडारी, कर्णाली प्रदेशतर्फ ललितबहादुर बुढा, सुदूरपश्चिम प्रदेशतर्फ पूर्णबहादुर खड्कासहित महिलातर्फ ज्योति कटुवाल पुरस्कृत भए ।
उता उसु खेलाडीद्वय विश्वबुढा मगर र मिना ग्लान, तेक्वान्दो खेलाडीहरू गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल, पारा खेलाडीतर्फ बास्केटबलका रामबहादुर तामाङ, प्रशिक्षकतर्फ कराँतेका तारा श्रेष्ठ गुरुङ, निर्णायक÷ रेफ्रीतर्फ तेक्वान्दोका दिपेन्द्र ढकाल तथा खेल चिकित्सकतर्फ प्रा. डा. नवीस मान सिंह प्रधान पनि सम्मानित भए । उनीहरूले जनही १ लाख नगद तथा सम्मानपत्र प्राप्त गरे ।





