सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेश क्रिकेट रंगशालालाई बजेट

गण्डकी प्रदेश क्रिकेट रंगशालालाई बजेट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८०, मंगलबार

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजन गरेको छ । सरकारले बजेटका प्राथमिकतामा विभिन्न १० क्षेत्र राखेपनि खेलकुदलाई भने समेटेको छैन । सरकारले कृषि, उर्जा, पर्यटन, औद्योगिक, सामाजिक, भौतिक, वातावरण,वित्तीय,सेवालगायतका विषयलाई प्राथमिकतामा राखेपछि खेलकुद भने प्राथमिकतामा पर्न सकेको छैन् ।

सरकारले काठमाडौंलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय रंगशालालाई बजेटको व्यवस्था गर ेपनि पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय फुटबल रंगशालाका लागि भने कुनै बजेट विनियोजन गरेको छैन् । उक्त फुटबल रंगशालामा फ्लड लाइटको आवश्यकता रहेको छ ।

तर, प्रदेश सरकारले निर्माण गर्ने रंगशालाका लागि भने बजेट विनियोजन गर्दा गण्डकी सरकारले निर्माण गर्ने भनेको प्रदेश क्रिकेट रंगशालालाई समेत बजेट विनियोजन भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन क्रिकेट रंगशालालाई अन्तर्राष्टिय स्तरको बनाउने बताए । उक्त रंगशालामा फ्लड लाइट राख्ने काम सम्पन्न गर्ने समेत बताएको छ । यस्तै मूलपानी क्रिकेट रंगशाला, विराटनगरको गिरिजाप्रसाद कोइरालाई रंगशाला, वैतडीको दशरथचन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको बताएपनि पोखरा रंगशालामा रहेको क्रिकेट मैदान र फुटबल मैदान भने छायाँमा परेको छ । ‘निर्मााणधीन धनगढी, इटहरी, पोखरा र नेपालगञ्जको प्रदेश रंगशाला र कमर्ड हल निर्माण सम्पन्न गर्न बजेट व्यवस्था गरेको छु,’ अर्थमन्त्री महतले भने ।

यता, गण्डकी प्रदेश सरकारले यसअघि नै प्रदेशकै लगानीमा कास्कीको साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन भोगाधिकारका लागि प्राप्त गरेपछि रंगशाला निर्माण प्रक्रिया अघि बढाएको थियो ।

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ । बिआरएस इन्जिनीयरिङ सोलुशन प्रालिले रङ्गशालाको डीपीआर तयार गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको थियो ।

डीपीआरका लागि ५० रुपैयाँ लाख बजेट विनियोजन गरेको थियो । गण्डकीको गौरव योजना रहेको सो रङ्गशाला निर्माणमा एक अर्ब ६० करोड लागत लाग्ने अनुमानसमेत गरिएको थियो । करिब १२३ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने रङ्गशालामा १८ हजार दर्शक क्षमताको प्यारापिट बन्ने डिपिआरमा उल्लेख छ । मैदानमा सात वटा पिच, भिभिआइपी कक्ष, भिआइपी कक्ष, खेलाडी कक्ष(प्लेयर बक्स), चेञ्जिङ रुम(कपडा फेर्ने कोठा), मिडिया कक्ष, पार्किङलगायत संरचना बन्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->