आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मोदीका सुरक्षा सल्लाहकार अजितसँग प्रधानमन्त्रीको भेटवार्ता

मोदीका सुरक्षा सल्लाहकार अजितसँग प्रधानमन्त्रीको भेटवार्ता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८०, बुधबार
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल। तस्बिर : प्रदीपराज वन्त

पोखरा / चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाललाई भेटेका छन्।

बुधबार दिउँसो नयाँदिल्लीमा अवतरण गरेका उनलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लाखेले स्वागत गरेकी थिइन्।

त्यसपछि निर्धारित कार्यतालिका अनुसार मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग प्रचण्डको भेटवार्ता भएको हो। दिल्लीस्थित होटल मौर्यमा भएको उक्त भेटवार्ताका क्रममा डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->