सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेवा किनारमा ओलम्पियनकोको ऐतिहासिक भेट

फेवा किनारमा ओलम्पियनकोको ऐतिहासिक भेट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८०, शनिबार

पोखरा /नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी खेलाडी पोखरा आइपुगेका छन् ।

नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको समन्वयमा ओलम्पियनको पुनर्मिलन तथा सम्मान कार्यक्रम शनिबार साँझ ४ बजेपछि पोखरामा हुँदैछ ।

कार्यक्रमअघि शनिबार बिहान हल्लनचोकदेखि बाराही घाटसम्म प्रभातफेरि निकालिएको थियो । बाराही घाटमा आयोजित समारोहमा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा आइपुगेका करिब ५० जना ओलम्पियनलाई स्वागत गरे ।

सीमित स्रोत र साधनबीच ६ दशकअघि ओलम्पिकमा नेपालको प्रतिनिधित्व हुनु प्रशंसनीय रहेको मेयर आचार्यले बताए । आफूहरु पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अभियानमा रहेको र त्यसका लागि खेलकुद पर्यटन महत्वपूर्ण अंग भएको बताए ।

‘पोखरामा नवौं राष्ट्रिय खेलकुद भयो । खेल नभएको कुनै हप्ता छैन,’ उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा भइरहेका छन् । हामीले पनि कुन खेललाई अघि बढाउन के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ मेयर आचार्यले भने ।

प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले ओलम्पियनहरूको अनुभव आफूहरूलाई नीति–नियम बनाउन सहयोगी हुने भएकाले समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी प्रदेशका कुन जिल्लामा कति छन् भन्ने तथ्यांक संकलन भइरहेको जानकारी दिए ।

करिब ६ दशकको अन्तरालमा नेपालका ९० जना खेलाडी ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये १० जनाको निधन भइसकेको छ भने केही खेलाडी विदेशमा छन् ।

नेपालमै रहेकाहरू पोखरामा भेला भएका हुन् । आइतबार ओलम्पियन्स संघको वार्षिक साधारण सभा हुनेछ । ओलम्पियनलाई शनिबार स्वागत गरेपछि फेवातालमा डुंगा सयर र तालबाराही मन्दिर दर्शन गराइएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

साथै ओलम्पियनहरुले सहारा फुटबल एकेडेमीको समेत अवलोकन गरेका छन् । ओलम्पियन हरि रोकाया, विष्णुबहादुर थापा, राजकुमारी पाण्डे, ज्ञानबहादुर बोहरा, देवु थापा, प्रमिला रिजाल, सरस्वती चौधरी, सोनिया भट्ट, मनीषा अधिकारी ९युथ ओलम्पियन० ले सहारा एकेडेमी अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->